
जनकपुरधाम ।नेपाली काँग्रेसले प्रदेश २ को आठवटै जिल्लाको क्रियासिल सदस्यको नाम शुक्रवार साँझ सार्वजनिक गर्ने भएको छ ।
प्रदेश २ मा असोज ५ गते वडा अधिवेशन निश्चित भएको छ ।त्यसका लागि क्रियासिल सदस्यको नाम छानविन समितिले सार्वजनिक गर्ने अन्तिम तयारी गरिसकेको बताइएको छ । प्रदेश २ को पर्सा र महोत्तरी जिल्लामा पहिले नै क्रियासिल सदस्यको नाम टुंगो लागिसकेपनि सार्वजनिक गरिएको छैन् । नेकाँका नेता रामसरोज यादवले असोज १ गते क्रियासिल सदस्यहरुको नाम पदेश २ मा ्र सार्वजनिक हने बताए ।‘क्रियासिल ु सदस्यको नाम सार्वजनिकमा अब ढिलाइ भए वडा अधिवेशन पभावित ह ्र न सक्छ’उनले भने, ु नाम सार्वजनिक नभए सम्म अधिवेशनको कार्यक्रम नै अगाडी बढन सक्दैन् । काँगेसको पछिल्लो संशोधित ्र बिधान अनसार वडाबाट ह ु ने ु क्षेत्रिय पतिनिधिका लागि मात्र ्र क्रियासिल सदस्यले उम्मेदवारी र मतदान गर्न पाउने छन् । क्रियासिल सदस्यको टुंगो नलागे सम्म चुनावी वातावरण नबन्ने युवा नेता धिरेन्द्र मोहन झाले बताए ।उम्मेदवारहरुले सदस्यको नामाबली कुरिरहेको उनले बताए ।यसपटक काँग्रेसको वडामा नै प्रतिनिधि छनौटमा कडा प्रतिष्पर्धा हुने देखिन्छ ।
वडा, पालिका, प्रदेश र संसदीय क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रिय नेतृत्व लोकतान्त्रिक बिधिबाट चयन हुनेछ ।प्रदेश २ को सभापतिका लागि आधा दर्जन उम्मेदवार देखिएका छन् ।जिल्ला सभापतिमा पनि तिव्र प्रतिष्पर्धा हुने संभावना छ ।केन्द्रिय सभापतिका उम्मेदवारहरुको गुटबाट जिल्ला र प्रदेश सभापतिमा उम्मेदवार उठने देखिन्छ । देशैभरि काँग्रेसको क्रियासिल सदस्यको संख्या ५५ लाख पुगेको पार्टीको दावी छ ।