जनकपुरधाम ।जनता समाजवादी पार्टी(जसपा) बाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) संसदीय दलको विधान तयार भएको छ ।
महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) , राष्ट्रिय जनता पार्टी(राजपा)मा संसदीय दलको बिधान थिएन् । नेताको मौखिक भरमा चल्ने परिपाटीलाई तोड्दै लोसपामा दलको बिधान व्यापक दवावपछि बनाइएको छ । प्रदेशमा दल रोज्न सनाखतको बखत सभासदहरुले दलको बिधान निर्माणगरि लोकतान्त्रिक बिधि अनुसार नेत ाचयन गर्ने नेताहरुले प्रतिबद्धता जनाएपछि १६ जना सभासदले लोसपाको पक्षमा सनाखत गरेका थिए । पूर्व राजपा प्रदेश संसदीय दलको नेतामा तत्कालिन संयोजक महन्थ ठाकुरले एउटा होटेलमा जितेन्द्र सोनलको नाम घोषणा गरेका थिए ।त्यसको ब्यापक बिरोध भएपछि लोकतान्त्रिक बिधि अपनाइने आश्वासन दिएपनि त्यो हुन सकेन् । लोसपा संसदीय दलको बिधान तयार भइसकेको प्रदेश सभासदस्य परमेश्वर साहले बताए ।‘दलको बिधान तयार भइसकेको छ’ उनले भने, तर त्यसको अनुमोदन असोज ४ गतेपछि मात्र हुनेछ । लोसपाको संसदीय दलका लागि सोनल, उपेन्द्र महतो र बाबुलाल साह कानुले दावी गरेका छन् ।दलको नेता चयनका लागि लोकतान्त्रिक बिधि अनुसार दुई जना मात्र उम्मेदवार भए एकजनाले ९ सभासदको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ ।तर तीन जना नै उम्मेदवार त्यो भन्दापनि कम सभासदको समर्थनमा नेत ाचयन हुनेछ । जसपाबाट ठाकुर अलग्गिदा पूर्व राजपाका ९ जना सभासद उनको नेतृत्वमाथि विश्वास गरेनन् ।
दलको बिधान तयार भएसँगै लालबाबु साहले दलको नेताका लागि दौडधुप बढाएका छन् ।शीर्ष नेताहरुलाई भेंटन उनी काठमाण्डु पुगेका छन् ।दल सनाखतको क्रममा नेता बनाउने आश्वासन ठाकुरले दिएको उनको दावी छ ।साह कार्यकारिण्ी समिति सदस्यको सनाखतमापनि ठाकुरको पक्षमा थिए । तर ठाकुरले सोनललाई रुचाएका छन् ।हुनत वरिष्ठ नेता राजेन्द्र महतोका भतिजा उपेन्द्र महतोपनि दलका नेताको बलिया उम्मेदवार हुन् ।पूर्व राजपा दलको नेतामा रहेका सोनललाई महतोले चर्को बिरोधगर्दै लोकतान्त्रिक बिधिबाट नेत ाचयन गर्ने माग गरेका थिए ।


