अपडेट 
२०७८ आश्विन १, शुक्रबार ०७:०७

जव संविधानको अक्षरशः पालना हुन्छ, तव संविधानको सम्मान भएको ठहरिन्छ । संविधानको सम्मान तव हुन्छ, जव संविधानको उपभोग गर्ने जनता, राजनेता, कर्मचारीलगायतका व्यक्तिमा उच्चस्तरको संस्कार हुन्छ । उच्चस्तरको संस्कार तव सम्भव हुन्छ, जव व्यक्तिले नैतिकता र कर्तव्यनिष्ठालाई जीवनपद्धतिको मूल सिद्धान्तको रुपमा आत्मसात गर्छन् । राजनीतिक संस्कार बोकेका राजनीतिज्ञमा मुलुक र जनताप्रति समर्पनको भावना हुन्छ र कानुनी राज्यको अवधारणलाई पूर्णपालना गर्नका लागि प्रतिबद्ध रहन्छन् । सत्तापक्ष वा विपक्षलाई राष्ट्रियताको विषयमा सामान्य दृष्टिकोणका साथै जनताको आधारभूत आवश्यकतालाई समावेशी सिद्धान्तको आधारमा परिपूर्तिका लागि प्रतिबद्ध रहनुपर्छ । राष्ट्रको विकासका साथै अन्य विषयमा पनि प्रतिपक्षसँग आवश्यक सल्लाह लिइ मुलुकलाई सुशासनको पथमा डो¥याउनका लागि सत्तापक्षलाई उदारता देखाउनुपर्छ । राजनीतिक संस्कार नबसेको अवस्थामा कतिपय नेतृत्वकर्ता जसरी भएपनि सत्तासिन हुनका लागि समाजमा जातीय, क्षेत्रीय, भाषालगायत कतिपय विषयमा वैमन्स्यता फैलाउनेतर्फ उद्यत रहन्छन् । जुन मुलुकमा राजनीतिक अस्थिरता छ, त्यहाँ सवैभन्दा बढी साम्प्रदायिक तनाव सृजना हुन्छ र राजनीतिक फाईदाका लागि चलखेल भइरहन्छ । मुलुकको शासनसत्ताका लागि जनताबीच वैमन्स्यता फैलाउने कार्यबाट सचेत रहनुपर्ने हुन्छ । जातीय, धार्मिक विद्वेष फैलाएर एकपल्टका लागि सत्ता हत्याउन सकिन्छ । तर, त्यो सत्ताले निरन्तरता दिँदैन् । तर, यसको प्रतिकूल असर लामो समयसम्म रहन्छ । किनभने, साम्प्रदायिक उन्माद फैलाउनेहरु कार्यकर्ताको ‘ब्रैनवास’ गरेको हुन्छ । मुलुकलाई त्यस, विषम परिस्थितिबाट जोगाउनका लागि राजनीतिक संस्कारको सम्बन्धमा चेतना फैलाउने कार्यलाई प्राथमिकता दिनुपर्छ नत्र भने मुलुकको अधोगति निश्चित छ । राजनीतिमा मतान्तर हुनु स्वभाविक भएपनि एक अर्कालाई सम्मान गर्ने संस्कार छोड्न् हुँदैन् । २०३८ सालको निर्वाचनमा मोरङबाट मातृकाबावु पराजित हुनुभयो । उहाँको थप उपचारका लागि दिल्ली जाने क्रममा त्रिभुवन विमानस्थलसम्म विपी कोइराला पनि पुग्नु भएको थियो । विसं २०१० देखि दुवै दाजुभाइमा राजनीतिक मतान्तर भएपनि संस्कारसमक्ष मतभेद गौंण भयो । गिरिजाप्रसाद कोइराला २०५० सालमा संसद्मा बेहोश भएपछि सवैभन्दा पहिले कुदेर मनमोहन अधिकारी पुग्नुभयो र सम्हालेर काखमा राख्नुभयो । २०५६ सालको निर्वाचनको अवधिमा मनमोहन अधिकारीको निःधन भयो । गिरिजाप्रसाद कोइरालाले अधिकारीजीको निःधनपछि आफ्ना सम्पूर्ण चुनावी कार्यक्रम बदर गर्नुभयो । राजनीतिक संस्कार यस्तै हुनुपर्ने हो । कुनै नेता विरामी परेपछि अन्य नेताहरु स्वास्थ्यको अवस्था बुझ्न अस्पताल पुग्छन् । यो राम्रो कुरा हो । तर, अहिले आन्तरिक मतभेद अत्यधिक छ ।

के नेता मात्रै दोषी छन ?

राजनीतिको मुख्य उद्देश्य जनसेवा हो । शान्ति सुरक्षा, विकास, रोजगार, स्वास्थ्य, शिक्षाका साथै आधारभूत आवश्यकताको विषयमा सत्तापक्ष र विपक्ष उत्तरदायित्व भूमिका निर्वाह गरेमा मुलुकले विकासको गति लिन्छ र जनताको अभीष्ट फलिभूत हुन्छ । दूर्भाग्यवस ! नेताहरुमा सत्तालिप्साका लागि सिद्धान्तभन्दा पदलाई उच्चस्थाननै दिएको देखेर जनतामा नैराश्यता छाएको छ । जेजस्तो भएपनि, मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनका लागि जनताले मुलुकमा राजनीतिक स्थायित्व खोजेका छन् । प्रजातान्त्रिक मुलुकमा सत्ता परिवर्तनलाई सामान्य रुपमा लिनुपर्ने हो । राजनीतिमा सत्तामा बस्ने र हटने घटनालाई संवैधानिक व्यवस्थाअनुरुप नै भएकाले ह्रिदयङगम गरी अमर्यादित शब्दको प्रयोगबाट जोगिनुपर्छ । राजनीतिमा ‘आजको विरोधी भोलि मित्र’ बन्नमा बेर लाग्दैन् । तर, साथ छोड् नासाथ कटट्र दुश्मनको संज्ञा दिन्छन् । अहिलेको अवस्था यस्तो छ, जेभएपनि नेताको दोष । छोराछोरी विद्यालय नगई, सिनेमा हेर्न पुगेछ भने सरकारको दोष । यहाँसम्म कि पतिपत्नीको विवाद भएपनि मुलुकको राजनीतिमा दोष देखिन्छन् । सामान्य घटनादेखि लिएर जेजति घटना परिघटना हुन्छ, हामी सवै दोष नेताको टाउको थुपारेर आपूm चोखिने कोशीस गर्छौ । नेतापनि आफ्नै समाजबाट उत्पादित ‘जीव’ हुन । हामीले कस्तो ‘जीव’ उत्पादन ग¥यो ? दोष कसको ? हामी आफ्नो कर्तव्यपालनामा कति चुकेका छौं, त्यस विषयमा आत्मसमीक्षा गर्नुपर्ने होईन् र । के नेतामात्रै दोषी हो ? हामी कतिको दोषी छौं ? यसको स्वयं मूल्याङ्कन गर्नुपर्ने होईन् र । जुन मुलुकमा कर्मचारी र सार्वजनिक पदमा बस्ने पदाधिकारी सरकारभन्दा पार्टीप्रति समर्पनको भावना प्रदर्शित गर्छ, त्यो मुलुकको भविष्य अन्धकारमय हुन बेर लाग्दैन् । नेपाल यो समस्याले जडकिएको छ । कैयन, उदाहरण छन, जसमध्ये, अर्थमन्त्रालयका एक कर्मचारीले विदेशी बैङ्बाट आएको मन्त्रीको व्यक्तिगत चिट्ठी आफ्नो नेताको घरमा पु¥याउँछन् । सो चिट्ठीको विषय संसदमा आवाज उठयो र अर्थमन्त्री डा. रामशरण महतलाई राजीनामा गर्नुप¥यो । विदेशमा जागिरे हुँदा त्यहाँको बैङ्क खाता बन्द गर्न विर्सेका थिए । उनी निर्दोष देखिएपछि पुनः अर्थमन्त्रीमा नियुक्त भए । कर्मचार ीसँगै ति नेतापनि दोषी होईन, र । कर्मचारीको कर्तव्य सरकारप्रति वफादार रहनुपर्ने हो । अरुले आचारसंहिताको बर्खिलाफ गरियो भने कारवाही गर्ने तर, स्वयं एउटा पार्टीको व्यानरमा पुगेर राजनीतिक भाषण दिने ? यो कुन किसिमको कर्तव्यपालन हो ? पार्टीकै व्यानर मनपरेको छ भने सार्वजनिक पदबाट राजीनामा गर्नुपर्ने होईन र । तर, कर्मचारी र सार्वजनिक पदमा बस्नेलाई सचेतसम्म नगराउनु र सरकारीपक्ष मौंन रहनु झन गलत प्रवृतिलाई प्रोत्साहित गर्नुसरह नै हो । अशिष्ट भाषामा विरोध देखेर कतिपयले यस्ता कार्यलाई प्रजातन्त्रको विकृतिको रुपमा प्रष्ट् याउँछन । माधव नेपालको हात समाएर रामकुमारी झाक्रीले निर्वाचन आयोगको कक्षमा लग्ने कार्यप्रति कतिपयले निकृष्ट शब्द प्रयोग गरे । राजनीतिमा विभेद हुँदैमा विरोध गर्दा कसैको चरित्र हत्या गर्नु घोर पाप हो । केही दिनअघि भारतको केन्द्रीयमन्त्री नारायण रानेले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई गालामा थप्पर हान्नुपर्ने सार्वजनिक रुपमा अभिव्यक्ति दिए । अविलम्ब महाराष्ट्रका प्रहरीले रानेलाई पक्राउ गरी आवश्यक कारवाही ग¥यो । हाम्रो यहाँ त सामाजिक सञ्जालदेखि लिएर सार्वजनिक रुपमा नेताले पनि विभिन्न जातका साथै विशेषगरी हिन्दु धर्मप्रति अनास्था फैलाउन ट् वीट गर्छन् । भारतमा कुनै धर्मको सम्बन्धमा जथाभावी बोलेपछि तुरन्त कारवाही हुन्छ । यदि, यस विषयमा समयमैं सवैपक्ष सचेत नभए मुलुकमा धार्मिक कट्टरता बढ्छ र सोहार्दपूर्ण वातावरण धुमिल हुन्छ । २०४८ देखिनै मुलुकको राजनीतिमा विचलनको शुभारम्भ भएको देखिन्छ । विपक्षीले आफ्नो दायित्व सरकारको कडा रुपमा विरोध गर्ने र सरकारले विरोधीलाई पेल्नसम्म पेल्ने नीति अङ्गिकार ग¥यो । त्यसपछि, राजनीतिक प्रतिशोधले गर्दा मुलुकमा राजनीतिक अस्थिरताको विजारोपन भयो । सत्तालाई केन्द्रविन्दु ठानेपछि पार्टीहरुले आखाँ चिम्लेर चरित्रमा दोष भएका कतिपय व्यक्तिलाई पार्टीभित्र प्रवेश गराए । निर्वाचनमा बहुसङ्ख्यक जाति भएका र आर्थिक सवल भएका व्यक्तिलाई उम्मेद्वार बनाए । त्यागी, इमान्दार र गरीव कार्यकर्तालाई पार्टीमा पछाडि पार्ने काम भयो । गलत मानसिकता भएका व्यक्तिहरुको पार्टीहरुमा प्रभाव बढ्दै गयो । त्यस्ता व्यक्तिहरुले जनतालाई कसरी ठग्ने गर्छ । एउटा अर्धसत्यमा आधारित उदाहरण यसप्रकार छ ।

के यस्तैखाले नेताले देश विगारेको हो ?

एकजना बडो चतुर नेताजी थिए । जनताको मनलाई राम्ररी सम्झने पारखी नजरका ति नेताजी बडो सिपालु पनि थिए । आकर्षक व्यक्तित्वका धनी उनले कहाँ के बोलेर, जनतालाई आफ्नो पक्षमा पार्ने र जिन्दावादको नाराले वातावरणलाई गुञ्जयमान बनाउने राजनीतिक कलामा सिद्धहस्त प्राप्त गरेका थिए । उनको बोल्ने शैलीले गर्दा जनता धेरै बढी प्रभावित हुन्थे । बौंद्धिकवर्गले ठट्टाको शैलीमा हाम्रो नेताजी त जन्मसँगै बशीभूत पार्ने विद्या कला सिकेरनै जन्म लिनुभएको भन्थ्यो । जतिखेर, नेताजीको अलङ्कृत शब्दहरु जनताको कानको स्पर्शसँगै मस्तिष्कमा पुग्थ्यो, उतिखेर, जनताको मन कल्पनामा डुबुल्की लगाउन थाल्दथ्यो । नेताजीको भाषणको प्रभाव जनताको मनमस्तिष्कमा महिनौंसम्म रहन्थ्यो । नेताजी आफ् नो बोलीको प्रभावले गर्दा जनताको अभिमत पाएर लगातार दुईपटक एउटै क्षेत्रबाट निर्वाचित भए । दोश्रोपटक निर्वाचित भएपछि मन्त्री पदमा सुशोभित हुने शौंभाग्यप्राप्त भयो । मन्त्री बनेपछि अव यस क्षेत्रको कायापलट गरिदिने र घरपिच्छे सरकारी जागिर बाँडनेदेखि गाउघरमा रेलनै कुदाइदिनेसम्म प्रतिबद्धता प्रकट गरे । यसपल्ट, जनता बढी आश्वस्त थिए, त्यसको कारण थियो, नेताजीको मन्त्री पद । समय वित्दै गयो, मन्त्रीजी विकासको घोषणा ‘हात्ती आयो हात्ती आयो फुस्सा !’ भन्ने उखानजस्तै चरितार्थ थाल्यो । नेताजीको दिनचर्या राजशी ठाटबाटमा परिणत भइसकेको थियो । उनको दर्शन दुर्लभ भयो, हेर्दाहेर्दे जनताको सपना भताभुङ्ग भयो । तेस्रोपल्ट, सो क्षेत्रबाट नेताजी फेरी उम्मेद्वार भएर जनताबीच मत माग्न आउने तयारीमा जुट्नु भएछ । जनताले कडा विरोध गर्ने मनसाय बनाएका थिए । नेताजी मत माग्न आएमा, पूmलको मालाले होईन, जुताको मालाले स्वागत गर्ने र हिलोमा पौंडी खेलाउनेसम्मको खतरनाक योजना थियो, जनता जनार्दनको । नेताजी त बडो चलाख । जनताको मनोभाव थाहा पाएर नयाँ रणनीति अपनाएछ । जसरी पनि चुनाव जित्ने, त्यसका लागि जनताको मन जित्नु पर्छ । नेताजी आफ्नो निर्वाचन क्षेत्रमा विशालसभाको आयोजना गर्नुभयो । हजारौंको सहभागितामा अचानक नेताजी मञ्चमा विराजमान भए । नेताजीले बडो पूmर्तिका साथ आफ्नो खुट्टाबाट जुता फुकाले र आफ्नो टाउको र शरीरको विभिन्न अङ् गमा आफैंले ‘दे दनादन’ ठोकाई गर्न थाले । ‘जनता हेरेको हेरैये !’ तपाईहरुले थप जेजस्तो सजाय दिनुहुन्छ । म, स्वीकार गर्न तयार छु । तर, मेरो दुई शब्द ध्यानले सुनिदिनुस । म, आज जे बोल्छु, सत्य बोल्छु । नेताजीको भाषण यस प्रकार थियो । पहिलोपल्ट म, निर्वाचित भएपछि श्रीमतीसँग हनिमून मनाउन विभिन्न शहरको भ्रमण गर्दागर्दै पाँच बर्ष बिताए, पत्तै भएन् । त्यसपछि, अर्को पाँच बर्षको कार्यकालमा आपूmलगायत सम्पूर्ण परिवारका नातागोता, इष्टमित्र, ससुराली पक्षलगायत सवैको आर्थिक अवस्था सुदृढ गरे । मेरो अव कुनै काम बाँकी छैन् । अव, तपाईहरुको पालो आयो । ‘ अवको पाँच बर्ष जनताको बर्ष’ । मत दिनुस वा नदिनुस तपाई ईच्छा । तर, एउटा कुराबाट म तपाईहरुलाई सचेत गराउन चाहन्छु । मलाई हराउनु भएमा अर्को जो विजयी हुने हो, उसलेपनि मजस्तै १० बर्ष आफ्नो उन्नतिको लागि गर्छ । मेरो कारण १० बर्ष कुर्नु भयो । अर्को जितेमा, थप १० बर्ष कुर्नु पर्छ । फैसला गर्ने अधिकार तपाईहरुको हातमा छ । जनता किंकर्तव्यविमूढ भए । मुलुकको अधिकांस ठाउँबाट निर्वाचित जनप्रतिनिधिको अवस्था उल्लेख गरिएका नेताजीजस्तै छन् । नेताहरु पहिले आफ्नै भकारी भर्ने हो । जनता निरिह भएर कसलाई चयन गर्ने दौंधारमा छन् । यस अवस्थाको एउटै निकास छ, राजनीतिक संस्कार बोकेका व्यक्तिलाई पार्टीको उम्मेद्वार बनाउनका लागि दवाव दिनुपर्छ । जेजति गरेपनि स्वच्छ, इमान्दार छान्ने मापदण्ड नभएको अवस्थामा जनता कतै आउँदो निर्वाचनमा ठगाईमा पर्ने त होईन् भन्ने चिन्ता छ ।

Comment


Related News

Latest News

Trending News