अपडेट 
२०७८ आश्विन १, शुक्रबार ०७:१४

जनकपुरधाम । चालु शैक्षिक सत्रमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्न लागेको स्वास्थ्य सम्बन्धी कक्षा संचालन अन्यौलमा परेको छ ।

गत २१ भदौमा उच्च अदालत जनकपुरले नियमावली नबनाई तथा पदाधिकारीहरुको योग्यता नै निर्धारण गरिएको पादधिकारी नियुक्त कार्यान्वयन नगर्न अन्तिम आदेश दिएपछि अध्यापन कक्षा अन्यौलमा परेको हो । अगामी असोजदेखि प्रतिष्ठानले विभिन्न ४ वटा विषयको अध्यापन गराउने तयारी गरेको थियो । प्रतिष्ठानले अगामी असोजदेखि बी नर्सिङ, बिएस्सी नर्सिङ, बिपिएज र बिएमएलटी विषयमा अध्यापनको तयारी गरेको थियो । यी कक्षाहरु सञ्चालनको लागि विद्यार्थीहरुको छनौट भई भर्ना समेत भईसकेको अवस्थामा उच्च अदालतको आदेशले कक्षा संचालन अन्यौलमा परेको हो । त्यसैगरि, प्रतिष्ठानमा पदाधिकारीहरु नहुदाँ प्रतिष्ठान अन्तर्गत संचालनमा रहेको कोभिड विशेष अस्पताल र त्यसले सेवा विस्तार गर्न बनाएको योजना समेत प्रभावित भएको छ । यसैबीच, उच्च अदालतको अन्तरिम आदेशको विरुद्ध प्रतिष्ठानका पदाधिकारीहरुले प्रतिउत्तर लगाएका छन् । प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, शिक्षा अध्यक्ष डा. अंकुर साह र रजिष्टार डा. विनोद यादवले छुट्टाछुट्टै रुपमा उच्च अदालत जनकपुरमा प्रतिउत्तर लगाएका हुन् । प्रतिष्ठानको सम्बन्धी ऐनको दफा १० को उपदाफा ३ को (ख) मा प्रतिष्ठानको नियमावली, कार्यविधि प्रतिष्ठानका संचालक समितिले मस्यौदा तयार गरि सञ्चालक परिषदमा लगिने छ । र सञ्चालक परिषद्बाट उक्त नियमावली पारित हुने व्यवस्था गरेको छ ।

संचालन समिति प्रतिष्ठानको नियमावलीको मस्यौदा बनाई संचालक परिषदसिनेट)मा पेश गर्ने अवस्थामा उच्च अदालतको फैसला आएको उपकुलपति डा. साहले बताए । उच्च अदालतको आदेशलाई हामी सम्मान गरेका छौ, उपकुलपति डा.साहले भने,‘ अदालतले कुन अवस्थामा त्यस्तो अन्तरिम आदेश गरियो हामीलाई थाहा भएन,त्यसकारण हामीले प्रतिउत्तर लगाएका छौ ।’ हामीले प्रष्ठिानसँग सम्बन्धित विभिन्नि दस्तावेज तथा प्रमाणहरु पनि अदालतमा पेश गरेका छौ, उपकुलपति डा.साहले भने,‘ यो जनतासँग सरोकार राख्ने विषय भएकोले अदालत चाडै कुनै आदेश गर्छन भनेमा हामी विश्वस्त छौ ।’ अदालतले ४ असोजमा प्रतिउत्तरमाथि सुनुवाईको लागि पेशी तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News