अपडेट 
२०७८ आश्विन १, शुक्रबार ०७:१६

लहान । सिरहाको लहान नगरपालिका १ स्थित एनआईसी एशिया बैंकको एटिएम तोडेर रुपैयाँ चोर्न खोजेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका १ भोटहा निवासी मागैन कुमार यादव रहेका छन् । प्रहरीका अनुसार उनले गत साउन ३० गते मध्यरातमा एटिएम तोडेर रुपैयाँ चोर्ने प्रयास गरेका थिए । तर रुपैयाँ भने चोरी गर्न सकेका थिएनन् । औजारसहित पुगेका यादवले एटिएम फुटाउन थालेको दृष्य बैंकको सिसि क्यामेरामा कैद भएको थियो । सिसि क्यामेरा फुटेजकै आधारमा यादवलाई पक्राउ गरेको सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले बताए । उनका अनुसार यादवलाई लहान नगरपालिका २३ गढियाबाट प्रहरीले यादवलाई पक्राउ गरेको छ । यादवमाथि ईलाका प्रहरी कार्यालय लहानले मुद्दा दर्ता गरी कानुनी प्रकृया अगाडी बढाएको एसपी पाण्डेले जानकारी दिए । ‘ एटिएम फुटाएर पैसा चोरी गरेको थिएनन् । चोरी गर्नु पुर्व नै छोडेर भाग्यो,’उनले अगाडी भने, ‘ त्यसकारण चोरी उद्योग मुद्दा मात्रै चलायौं ।’ पक्राउ परेका यादव यसअघि पनि पटक पटक चोरी आरोपमा पक्राउ परेका व्यक्ति रहेको प्रहरीको भनाई छ ।

Comment


Related News