अपडेट 
२०७८ आश्विन १, शुक्रबार ०७:२२

राजविराज । “मन्त्री ज्यू हाम्रो कारागारको के–के समस्या सुनाउ” राजविराज कारागारको ‘क’ ब्लकमा रहेका कैदी बन्दीहरु भन्दै थिए– शौचालय र नुहाउन जान पनि घण्टौ पालो कुर्नुपर्ने बाध्यता छ ।”

कारागारको अवस्था बुझ्न बिहीबार राजविराजस्थित कारागार पुगेकी प्रदेश २ की आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुबी कर्णसित त्यहाको समस्या बारेमा कैदी बन्दीहरुले आप्mनो पीडा सुनाउँदै थिए । तीन वटा ब्लक गरि एक सय २५ कैदी बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा हाल ३ सय ६७ कैदी बन्दी रहेको छ । उनीहरुका लागि ७ वटा मात्र शौचालय रहेका छन् । शौचका लागि बिहानैदेखि लाइनमा बस्नु पर्ने बाध्यता त छँदैछ, त्यसका साथै कारागारमा पिउने पानीको समेत अभाव हुने गरेको त्यहाका कैदी बन्दीले राज्यमन्त्री कर्णलाई सुनाए । कारागार भित्र रहेका ट्युबेलको घरमा पिउने पानी भर्ने, नुहाउने र लुगाधुने लगायतका काम गर्नुपर्ने भएकाले त्यहा पनि लाइन बस्नुको विकल्प नरहेको कैदी बन्दीहरुको गुनासो थियो । भएका चार मध्ये पनि कुनै न कुनै ट्युबेल दिन दिनै जसो विग्रिने गरेको छ, बन्दी श्याम नारायण यादवले भने, “तत्कालै मर्मत भएन भने त, पानीको हाहाकार हुने गरेको छ । अति नै पुरानो भवन रहेका कारण जिर्ण यस कारागारमा पानी चुहिने समेत समस्या वर्षौ अघिदेखि रहेको छ भने सिसि क्यामरा र जेनरेटर नहुँदा सुरक्षा जोखिम समेत बढेको कारागार प्रशासनको भनाई छ । कारागारका जेलर सुमन कोइरालाले कारागारका दुई सुरक्षा पोष्ट र चामल राख्ने गोदाम कुनै बेला पनि भत्किने अवस्थामा रहेको बारे राज्यमन्त्री कर्णको ध्यानाकर्षण गराए । दुई विग्हा ८ कट्ठा १६ धुर क्षेत्रफल जग्गा कारागारको नाममा रहेपनि १ विग्हा १ कट्ठा ९ धुर जग्गा अतिक्रमणमा परेकाले सुरक्षा चुनौती बढ्दै गएको उनको भनाई छ । कारागार स्वामित्वकै जग्गामा चारैतिर अतिक्रमण गरि घर बनाएको कारण सुरक्षा चुनौती थप पेचिलो बनेको उनले बताए । उनले जिर्ण भवनको सानोतिनो मर्मत गर्न, खाद्यान्न, औषधी, खानेपानीका उपकरण लगायतका विभिन्न काममा भएको खर्चले लाखौं रुपैया कारागारले विभिन्न व्यापारी तथा फर्मलाई भुक्तानी दिनुपर्ने बाँकी रहेको जानकारी दिए ।

सरकारबाट उपलब्ध गराइएको बजेटबाट अपुग भएका कारण विभिन्न शिर्षकमा लाखौं रुपैया कारागारमाथि ऋण रहेको उनले राज्यमन्त्री कर्णलाई जानकारी गराए । राज्यमन्त्री कर्णले प्रदेश २ अन्तर्गतका ६ वटा कारागारको अवस्था सुधारका लागि प्रदेश सरकारले प्रयास थालेको र यसै क्रममा कारागारको अवस्था बुझ्नका लागि राजविराजबाट थालनी गरेको बताईन् । प्रदेश २ का सबै कारागारको अवस्था सुधारको प्रयासमा छौं, मन्त्री कर्णले भनिन्, “क्षमताले भ्याएसम्म प्रदेश सरकाले सुधारको काम गर्दै जानेछ । मन्त्री कर्णले आफू पनि राजनीतिबाटै जिम्मेवारीमा आएको बताउँदै कारागारलाई सुधारगृहको रुपमा स्तरोन्नती गर्न प्रयासरत रहने प्रतिबद्धता जनाइन् । कष्टपूर्ण दैनिकी बिताउँदै आएका आफूहरुको अवस्था बारे जानकारी लिन राज्य मन्त्री कर्ण आउदा कैदीबन्दीहरु निकै खुशी व्यक्त गरेका छन् ।

विगत सात वर्षदेखि बन्दी जीवन बिताउँदै आएका बिनोद यादवले भने, “हाम्रो दयनिय अवस्था बारे कसैले चासो नलिई रहेको अवस्थामा मन्त्री कर्ण आउनुभयो, हामीलाई निकै खुशी लागेको छ ।”

Comment


Related News