अपडेट 
२०७८ आश्विन १, शुक्रबार ०७:२८

जनकपुरधाम । जनक शिक्षा सामग्री केन्द्रले मुद्रण गरेको नेपाली विषयको किताबमा शहीद दुर्गानन्द झाको विवरणमा त्रुटि पाइएको छ ।

कक्षा ११ को नेपाली विषयको पृष्ठ ६१ मा अभ्यासमा सिर्जना र परियोजना अन्तर्गत पदावलीको आधारमा जिवनी लेख्नमा शहीद झाको गलत विवरण पाइएको हो । धनुषाको जटहीमा जन्मेका झाको बारे कक्षा ११ को नेपाली विषयमा गलत विवरण राखेको पाइएको छ । २०७७ मा मुद्रण गरेको नेपाली विषयको पुस्तकमा फरक फरक गलत विवरण पाइएको छ । पुस्तकमा जन्म स्थल धनुषाको जटही हुनु पर्नेमा सिरहाको जहटी र धनुषाको जहटी लेखिएको छ । पुस्तकमा आमा नाम समेत गलत उल्लेख गरिएको छ । शहीद झाले वि.सं. २०२० माघ १५ गते सहादत प्राप्त गरेका थिए । तर पुस्तकमा २०२० माघ ५ गते उल्लेख गरिएको छ । पाठ्य पुस्तकमा गलत सुचना दिएर विद्यार्थीलाई भ्रममा पर्ने काम भएको जनकपुरका युवा शोभाकन्त पाण्डेयले बताए । पुस्तकमा तराइ मुलको शहीद उल्लेख गर्नु समेत गलत भएको पाण्डेयले बताए । दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद हुन् ।

२०१७ पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्था विरूद्ध उत्रेका झाले २०१८ माघ ९ गते जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गरेका थिए । सोही अभियोगमा पक्राऊ परेका झालाई पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो । दुर्गानन्द झाको जन्म १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटहीमा आमा सुकुमारी देवी झा को गर्भबाट भएको थियो । नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययनको लागि भारतको उमगाउँस्थित विद्यालयमा भर्ना भएका थिए ।

Comment


Related News

Latest News

Trending News