अपडेट 
२०७८ आश्विन १, शुक्रबार ०७:४४

जनकपुरधाम । साईटस ईन्भर्सेस नामक रोगले पीडित एक रोगीको प्रादेशिक अस्पताल जनकपुरधाममा आईतबार सफल अपरेशन भएको छ ।

समान्यतया विश्व जनसंख्याको ०.०१ प्रतिशत व्यक्तिमा मात्रै देखापर्ने रोग हो ‘साईटस ईन्भर्सस’ । अर्थात प्रत्येक १० हजार जनामा एक जनामा यो रोग देखा पर्ने गरेको अपरेशन गर्न सफल चिकित्सक डा.प्रमोद कुमार यादवले जानकारी दिए । यो रोग लागेका व्यक्तिको देब्रे तर्फ हुनु पर्ने ह्दय दाहिने तर्फ दाहिने तर्फ हुनु पर्ने अंगहरु देव्रे तर्फ रहने गरेको छ । यसै रोगबाट पिडित धनुषा जिल्लाको लक्ष्मिनिया नगरपालिका–५ बनिनिया निवासी ५५ वर्षिय रामसेवक यादवलाई दुई दिन पुर्व दिशा पिशाब बन्द भएर आन्द्रामा समस्या देखिएको थियो । उपचार गर्दै जाँदा यादव साईटस ईन्भर्ससले पीडित रहेको र सानो आन्द्रा चेपिएर सुक्न लागेको अवस्थामा पुगिसकेको जाँचले देखाएपछि अपरेशन गर्नु परेको डा.यादव बताउँछन । विश्वमै रेयर र रिक्सी मानिएको यस्ता रोगीको सफल अपरेशन गर्न पाउँदा आफु गौरवान्वित महशुस गरेको डा.यादवले बताए । उनले भने –‘ प्रदेश–२मा यो पहिलो अपरेशन हो , र विश्वभरमै यस्ता अपरेशन अत्यन्त रिस्की मानिन्छ , आन्द्रा सुकिसकेको थियो आन्द्राको भल्भसमा भएको समस्यालाई अपरेशनबाट उपचार गर्ने प्रयास सफल भएको छ । ’ काठमाण्डु , धरान , चितवन सहितका अस्पतालहरुमा यसको अपरेशन भएको नजीर भएपनि जनकपुरधाममा भने यो अपरेशन पहिलो पटक रहेको डा.यादवले भने ।

उनले विरामी यादवको एपेन्डिसाईटिस हुनु पर्ने स्थानबाट फरक ठाँउमा रहेकोले त्यसलाई समेत अपरेशन गरि फालिएको डा.यादवले स्पष्ट पारे । विरामीको अवस्था अहिले सम्म सामान्य रहेको बताउँदै डा.यादवले रोगीको आर्थिक अवस्था कमजोर रहेकोले निःशुल्कमै अपरेशन गरेको समेत उल्लेख गरे । विरामी यादवको आन्द्रा सुकेर पेटबाट वायू समेत पास नहुने गरि अवस्था आएको र उनी मृत्युको मुखबाटै निस्कन सफल भएको डा.यादवले बताए ।

Comment


Related News

Latest News

Trending News