नेपाली काँग्रेसको १४ धौ महाधिवेशनमा सभापति देउवा विरुद्ध उम्मेदवारी घोषणा गरेका उप–साभपति विमलन्द्र निधिलाई देउवाले उपेक्षा गर्न थालेका छन् ।
देउवाले प्रदेश २ का ८ जिल्ला लगायत १३ जिल्लामा देखिएको क्रियाशिल सदस्यता विवाद समाधान गर्न शुक्रवार बोलाएको बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुलाई बोलाएपनि उप–सभापति निधिलाई बोलाइएको थिएन् । प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा कांग्रेस क्रियाशील सदस्यताबारे विवाद छ । असोज ५ का लागि वडा अधिवेशन तोकिए पनि विवाद समाधान हुन नसकेपछि अन्यौल छ । प्रदेश नम्बर २ का केही जिल्लामा विवाद समाधान भए पनि निर्वाचन समितिले भने एकैपटक सबै जिल्लाको नामावली सार्वजनिक गर्ने बताइरहेको छ । नामावली शनिवार प्रकाशन गर्ने भनिएपनि प्रकाशन हुने नहुने भने अन्यौल छ । प्रदेश २ का निधि सभापतिमा उम्मेदवारी दिइए पनि यहाँ सभापति देउवा, शेखर कोइराला, रामचन्द्र पौडेल लगायतको गुटवन्दी भने उनीमाथि हावी हुदैँ गएको छ । प्रदेश २ वाट सह–महामन्त्रीमा सभापति देउवाको गुटवाट महेन्द्र यादव, रमचन्द्र पौडेलको गुटवाट रामकृष्ण यादव र डा. शेखरको गुटवाट अमरेश सिँह लडने भएको छ ।
तर, गुटै गुटले ग्रसित काँग्रेसमा भने रामचन्द्र पौडेल र शेखर कोइराला विच समझदारी हुने प्रवल सम्भावना देखिएको छ । समझदारी भएपछि सभापतिमा लड्ने घोषणा गरि सकेका निधिलाई ठूलो नोक्सान हुने देखिएको छ । नेपाली काँग्रेसको अगामी सभापतिमा शेरवहादुर देउवा, विमलेन्द्र निधि, रामचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाको नाम चर्चामा छ । नेपाली काँग्रेसको १४धौं महाधिवेशनकालागि प्रदेश २ सहित १३ जिल्लामा देखिएको विवादको अन्त आज हुने भएको छ । शनिवार बेलुका सम्म क्रियाशिल सदस्यताको टुङ्गो लागि सक्ने जनाइएको छ ।


