गौर । रौतहटको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले रौतहटमा केहि व्यक्ति पत्रकारको नाउँमा व्यक्तिगत तथा संगठनात्मक रुपमा बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।
सामाजिक संजाल फेसबुक, ट्वीटर , वाट्सप लगायतमा चरित्र हत्या गर्ने कार्य गरिरहेको बताउँदै त्यस्ता व्यक्ति विरुद्ध कानूनी उपचारमा जाने चेतावनी दिदै यस्ता कार्य गर्ने माथि नियन्त्रण गर्न सम्वन्धित निकाय नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललाई आग्रह गरे । नगर प्रमुख वकिलले प्रेस विज्ञप्ति जारी गर्दै केहि उच्छश्रृंखल व्यक्तिको कारण सिंगो पत्रकारिता पेशा बदनाम भैरहेकोले यस प्रति उनले ध्यानाकर्षण गराएका छन् । विगत केहि दिनदेखि नगरपालिकाले नगरेको कार्यलाई जोडेर सामाजिक संजालमा भ्रामक कुराहरुले पोस्ट गर्ने गरेको कार्य प्रति आपति जनाउदै मेयर वकिलले भ्रामक तथ्यहीन कुरा लेख्ने माथि कानुनी उपचार खोज्न बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी दिएका छन् । आर्थिक लाभ लिने उदेश्यले तथ्यहीन कुरा लेखेर बदनामी गर्न खोजेको आरोप लगाउदै नगरपालिकाले विभिन्न व्यक्तिलाई ल्यापटप तथा मोबाइल वितरण गरेको भनि फेसबुकमा लेखेर भ्रम फैलाउने कार्य गरेको प्रष्टयाए । उनले पटक पटक आर्थिक लाभ लिन खोजेको र नदिएको करण झुठो कुरो लेखेर चरित्र हत्या गर्न लागेकोले त्यो व्यक्ति माथि मानहानी सहित क्षतिपूर्तिको दावी सहित मुद्दा गर्ने बताए ।
कहिले फोन बाट त कहिले नगरपालिका आएर कर्मचारीहरुलाई धम्काउने कार्य गर्ने गरेको समेत उनले आरोप लगाए । पत्रकारिता पेशा सम्मानित पेशा भएकोले कसैलाइ बदनियत पुर्वक बदनाम गर्ने , पत्रकारिताको आडमा अनुचित लाभ लिन खोज्दा पत्रकार माथिको आम नेपाली नागरिकको विश्वास गुम्ने अवस्था रहेकोले यस्ता खाले विकृति , विसंगति हटाउन समेत आग्रह गरे ।


