
गौर । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ माधोपुरमा जनता समाजवादी पार्टी नेपालको संगठन सुदृढिकरण तथा जनजागरण अभियान तथा अभिमुखीकरण अन्तर्गत नगर स्तरीय कार्यक्रम माधव नारायण नगर कमिटिको आयोजनामा शुक्रवार सम्पन्न भएको छ ।
पार्टीलाइ बलियो बनाउने तथा कार्यकर्ताहरुलाई पार्टीको विषयमा पार्टीगत नीति धारणा सम्वन्धि जानकारी गराउने उदेश्यले केन्द्रिय कार्य समितिले निर्धारण गरेको अभियान अन्तर्गत कार्यक्रमको आयोजना गरिएको थियो । नगर अध्यक्ष हरि नारायण यादवको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य चुल्हाई राय यादवले पार्टीको नीति सिद्धान्त अनुसार कार्यकर्ताहरुलाई चल्नु पर्ने बताए । पार्टी विभाजन भएको अवस्थामा सवै कार्यकर्ताहरुले संगठन बलियो बनाउने तर्फ लाग्नु पर्नेमा जोड दिए । एक जुट भएर अगाडी बढे संगठन बलियो हुने विभेद गरि आ आफ्नो मनोमानी गरेर हिडे संगठन कमजोर हुने उनको भनाइ रहेको छ । नगर सचिव शम्भु यादव संचालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य विश्वनाथ पटेल , संघीय परिषद सदस्य राम निवास यादव ,जिल्ला इन्चार्ज बृजकिशोर यादव , पुर्व जिल्ला कमिटि उपाध्यक्ष श्याम बिहारी यादव , कोषाध्यक्ष सिकिन्दर यादव , उपमेयर प्रत्यासी बाल कुमारी देवी , पार्टीका सक्रिय कार्यकर्ता उपेन्द्र चौधरी , चन्देश्वर साह लगायत अन्य पार्टी कार्यकर्ताहरु सहभागी भएका थिए । पार्टीका नेता कार्यकर्ताहरुले केहि नेताका कारण रौतहटमा पार्टी संगठन भित्र दुइ भागमा विभाजन भएको अवस्था सृजना भएको आरोप लगाएका थिए ।