अपडेट 
२०७८ आश्विन २, शनिबार ०७:५०

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको पुरानो बसपार्क नजिक एक कार्यक्रम बीच गेष्ट हाउस र होटलको उद्घाटन गरिएको छ ।

जनकपुरधाम उपमहनगरपालिकाका मेयर लालकिशोर साहले शुक्रबार एक कार्यक्रम बीच न्यु राजधानी गेष्ट हाउस र होटलको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले जनकपुरधाम धार्मिक पर्यटकीय नगरि रहेकोले यहाँ गेष्ट हाउस र होटल व्यापारको सम्भावना धेरै रहेको बताए । देश तथा स्वदेशबाट जनकपुरधाम आउने पर्यटकहरुलाई सर्वसाधारण भन्दा यहाँका होटल तथा गेष्ट हाउस संचालकहरुले राम्रो व्यवहार गरेको खण्डमा पर्यटनको हिसावमा जनकपुरको लागि फाईदाजनक हुने उनले बताए । गेष्ट हाउस र होटलको सरसफाईमा ध्यान दिनुपर्ने बताउदै मेयर साहले भने,‘ जनकपुरमा बाहिरको पर्यटकलाई आकर्षण गर्नुपर्ने दायित्व उपमहानगरपालिका जस्तै यहाँका होटल व्यवसायीहरुको पनि रहेको छ । त्यसकारण बाहिरबाट आउने पर्यटकको सुरक्षाको साथै उनीहरुसँग राम्रो व्यवहार गर्नु आवश्यक छ ।’

जनता समाजवादी पार्टीका युवा नेता अजिज राईनले संचालन गरेको उक्त गेष्ट हाउसको उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहनगरपालिका पुर्व उपमेयर असगर अली, जसपाका नेता मोजिम राईन, जसपाका जनकपुरधाम नगर अध्यक्ष विष्णुदेव साह, मुस्लिम संघका धनुषा अध्यक्ष ईब्राहिम राईन, समाजसेवि जिवछ साह लगायतका सहभागिता रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News