अपडेट 
२०७८ आश्विन ३, आईतवार ०७:११

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले धनुषामा खेल विकासका लागि सम्पुर्ण निकायबाट पहल हुनु अति आवश्यक रहेको वताएका छन ।

शनिवार जनकपुरधाममा सुरु गरिएको चौथो जिल्ला स्तरिय आमन्त्रण तेक्वान्दो प्रतियोगीताको उदघाटनशत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै अध्यक्ष महासेठले खेल क्षेत्रमा कुनै बेला नम्वर एक रहेका धनुषा जिल्लाको शाख लाई पुनः फर्काउनका लागि सबैले आ आफनो तबरबाट पहल गर्न आग्रह गरे । उनले आफु यसै क्षेत्रबाट आफनो पहिचान वनाएर जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष सम्म पुगेको वताउदै खेल क्षेत्रलाई उकास्नका लागि आफनो तवरबाट पहल सुरु गरिसकेको वताए । अध्यक्ष महासेठले धनुषा जिल्लामा खेल क्षेत्रलाई अगाडी बढाउनका लागि विद्यालय स्तरमै यसलाई मजवुत वनाउनका लागि आफुले पहल पनि सुरु गरिसकेको र यसमा सबै सम्वन्धित क्षेत्रलाई साथ दिनका लागि आग्रह समेत गरेका थिए । स्वास्थयका लागि खेलकुद राष्टका लागि खेलकुद नाराका साथ प्रीया तेकान्डो डोजांगको आयोजनामा जनकपुरधामको सर्वोदय विद्यालयमा सुरु गरिएको जिल्ला स्तरिय तेकान्डो प्रतियोगीताको उदघाटनशत्रमा प्रतियोगीहरुले डेमो प्रर्दशन समेत गरेका थिए ।

प्रतियोगीतमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले भाग लिएका छन भने कार्यक्रममा तेकान्डो क्षेत्रमा काम गरिरहेका गुरुहरुको उपस्थिती रहेको थियो ।

Comment

Related News

Latest News

Trending News