अपडेट 
२०७८ आश्विन ३, आईतवार ०७:२९

लहान । नगरवासीहरुको सर्वसुलभ तरिकाले नागरिकतादिने उद्देश्यले धनगढीमाई नगरपालिका सिरहाले शनिबार स्थानीय स्तरमै नागरिकता टोली ल्याएर नागरिकता वितरण गरिंदैछ ।

गाउँ टोलमै नागरिकता टोली आएपछि स्थानीयहरु उल्लासमय सहभागिताबाट नागरिकता प्राप्त गरिरहेका छन् । यद्यपी एक दिनमै विविध कारणले नागरिकता लिनबाट छुटेका सबैले पाउन नसक्ने स्थानीयहरुको गुनासो रहेको छ । नगरपालिकाको आयोजनामा संचालित एक दिने नागरिकता टोलीबाट पाँच सय बढी नगरवासीको सनाखत भइसकेको नगरपालिकाले जनाएको छ । सनाखत भएका सबैलाई असोज ३ गते नागरिकता वितरण गरिने जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ । चौध वटा वडा रहेको नगर क्षेत्रभित्रका मुख्यतः दलित, विपन्न, असक्त भएका व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखेर नागरिकता टोली ल्याइए पनि विविध कारणले नागरिकता लिन छुटेका सबैले नागरिकता लिन इच्छाएपछि सबैले नागरिकता पाउन मुश्किल रहेको नगरप्रमुख हरिनारायण चौधरीले बताए । यद्यपी अर्को समय मिलाएर भएपनि नगरबाटै सबैलाई नागरिकता दिलाउने वातावरण मिलाइरहेको नगर प्रमुख चौधरीले बताए । धनगढीमाई नगरपालिकाको नगरवासीहरुले नागरिकतालिन झण्डै ३० किलोमिटरको दुरीमा रहेको सिरहा जिल्लास्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता रहँदै आएको छ ।

Comment

Related News

Latest News

Trending News