अपडेट 
२०७८ आश्विन ३, आईतवार ११:०६

कारोनाका कारण स्थगित इण्डियन प्रिमियर लिग ( आईपीएल ) टी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरू आजदेखि सुरु हुँदैछन् ।

आईपीएल क्रिकेटको बाँकी खेलहरु युएईमा आजदेखि हुन लागेका हुन् । आज दुबईमा आज चेन्नई सुपर किङ्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । मैदानमा सीमित संख्यामा दर्शकलाई प्रवेशको अनुमति दिइएको छ । चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौथौ स्थानमा छ ।

१२ अंकसहित लिगको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स रहेको छ । १० अंकका साथ रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छ । आईपीएलमा अब ३१ खेलहरु बाँकी छन् । फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

Comment


Related News

Latest News

Trending News