अपडेट 
२०७८ आश्विन ४, सोमबार ०८:०७

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य लालकिशोर साहले संविधान संशोधन होइन, पुर्नलेखन गर्नुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसर पारेर पार्टीको धनुषा जिल्ला कमिटीको आयोजनामा संविधानमा संशोधनको आवश्यकता विषयक कार्यक्रममा बोल्दै साहले संविधानलाई पुर्ण समानुपातिक समावेशी बनाउन संशोधन अपरिहार्य रहेको बताए । हिमाल, पहाड र तराईका मधेशी आदिवासि जनजाति, थारु, मुस्लिम अझै पनि अधिकारबाट बञ्चित छन् । मेयर साहले जसपाको आयोजनामा मुलुकको विभिन्न जिल्लाहरुमा संविधान संशोधनमा बहश सुरु हुनु नै परिवर्तनको पहिलो कदम रहेको बताए । धैर्यका साथ संघर्ष गर्दै जाने हो भने संविधानको पुर्नलेखन समेत हुने दिन नआउने भन्न नसकिने उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानबाट संघीयता ,समावेशीता लगायतका उपलब्धिहरु समाप्त पार्न विभिन्न शक्तिहरु चलखेलमा लागेकोले प्राप्त उपलब्धि जोगाउनु अहिलेको मुख्य चुनौती रहेको मेयर साहले स्पष्ट पारे । जनकपुरधामको धर्तीमा वि.सं.१९९२ ताका रक्तहस्ताक्षर गरेर राणा शासनको विरोध रहेको दृष्टान्त दिंदै मेयर साहले जनकपुरबाटै संविधान संशोधनको लागि नयाँ आन्दोलनको उद्घोष हुनु पर्ने आवश्यकता समेत औंल्याए ।

जिल्ला अध्यक्ष पशुपती यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा साँसद एवं संसदीय दलका उपनेता रामअशिष यादवले संविधानबाट प्राप्त उलब्धीहरुलाई जोगाउनको निम्ति जनता समाजवादी पार्टी नेपाल रोडम्यापका साथ अगाडि बढिरहेको दावी गरे । कार्यक्रममा केन्द्रिय सदस्यहरु महाजन यादव , देवेन्द्र यादव , बेचन मुखिया , श्रीचन मुखिया , रामगोविन्द यादव , अरुण सिंह मण्डल, मोहम्मद अब्दुल्लाह शेख , प्रदेश समिति सदस्य शेषनारायण यादव , परिषद सदस्य रामरतन यादव , पुर्व संविधानसभा सभासद उर्मिला साह , प्रदेश समिति सदस्य बिन्दु कमारी यादव, ममता मण्डल, बुद्धिजिवी पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादव , प्रदेश समिति सदस्य विजय भगत, लक्ष्मीनियाँ गाँउपालिकाका मेयर विन्देश्वर यादव, युवाका जिल्ला अध्यक्ष दिपेन्द्र कापडी लगायतका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News