अपडेट 
२०७८ आश्विन ५, मंगलवार ०७:११

जनकपुरधाम । नेपाली काँग्रेसको प्रदेश २ मा क्रियाशिल सदस्यता सम्वन्धि विवाद समाधान नभएपछि मंगलवार पनि अधिवेशन नहुने भएको छ ।

काँग्रेसको १४औ अधिवेशनकालागि वडा तह देखि नै अधिवेशन सम्पन्न गरि महाधिवेशनमा जाने गरिएकोछ । १४औ महाधिवेशनकालागि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गर्ने भनिएपनि क्रियाशिल सदस्यता सम्वन्धि विवादका कारण मंगलबार बाँकी १३ जिल्लाको अधिवेशन सम्पन्न गर्ने समय तोकिए पनि प्रदेश २ भने हुन नसक्ने भएको छ । ५ जिल्लामा मात्र मंगलबार अधिवेशन हुँदैछ । तर, प्रदेश २ का ८ जिल्लामा भने विवाद समाधान भएको छैन् । अधिवेशनकालागि सोमबार सम्म क्रियाशिल सदस्यहरुको अन्तिम नामावली आउनुपर्ने थियो तर, अवेर राति सम्म अन्तिम नामावली नआएपछि मंगलबार गर्ने भनिएको अधिवेशन अन्यौल भएको छ । केन्द्रले मंगलबार पाँचवटा जिल्लामा मात्रै अधिवेशन रहेको जनाएको छ । पहिलो पटक प्रकाशित गरिएको क्रियाशिल सदस्यहरु नामावलीमा विवाद चर्केपछि प्रदेश २ मा पहिलो चोटी अधिवेशन हुन सकेको थिएन् । नेपाली काँग्रेसका नेता डा. चन्द्र मोहन यादवले आमरण अनसनमा बसेपछि धनुषा जिल्लाबाट नै क्रियाशिल सदस्यता सम्वन्धि विवाद चुलिएको थियो । स्रोतका अनुसार अगामी महाधिवेशनमा नेपाली काँग्रेसमा वर्तमान उप–सभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि प्रदेश २ मा अन्तिम चरणमा अधिवेशन गराउने योजना शिर्ष नेताहरुले बनाएको छ ।

निधिले नै सभापतिमा उम्मेदवारीको घोषणा गरेपछि वर्तमान सभापति शेरवहादुर देउवा र अन्य सभापतिका उम्मेदवारहरु निधिलाई चेपुवामा पार्नका लागि यहाँको विवाद समाधान तिर ध्यान दिएको छैन् । सबै जिल्लाका अधिवेशन सम्पन्न गरि प्रदेश २ को अधिवेशन गर्ने योजनामा शिर्ष नेताहरु रहेका छन् । उनीहरु सवै जिल्लाका अधिवेशन सकारएर प्रदेश २ मा केन्द्रीत भई निधिलाई कमजोर पार्ने योजना बनाएको स्रोतको दावी छ ।

Comment


Related News

Latest News

Trending News