अपडेट 
२०७८ आश्विन ५, मंगलवार ०७:४९

जनकपुरधाम । पुर्वराज्यमन्त्री राम सिंह यादव सहितको टोलीले छिमेकी राष्ट्र भारतको बिहार खादी ग्रामोद्योगको निरीक्षण गरेका छन् ।

नेपालमा खादीको अध्ययन गर्न बिहार खादी ग्रामोद्योगका पदाधिकारीलाई उनले आग्रह समेत गरे । नेपालमा खादीको सम्भावनाबारे अध्ययन गरिरहेका पुर्वराज्य मन्त्री यादव वरिष्ठ पत्रकार एवं जनकपुर टुडे राष्ट्रिय दैनिकका सम्पादक बृजकुमार यादव सहितका टोलीले मुजप्फरपुरस्थित संघद्वारा संचालित खादी उद्योगको शनिबार निरीक्षण गरेका हुन् । खादी सम्बन्धि कामकाजको प्रशंसा गर्दै नेपालमा पनि यसको विकासको निम्ति सहयोग गर्न संघका अध्यक्ष अभय चौधरीलाई पुर्वराज्यमन्त्री यादवले भने –‘ संघले जनकपुरधाममा खादीको प्रदर्शनी आयोजना गर्नुपर्छ । यसबारे जनजागृति आवश्यक छ र आयोजनमा सम्पुर्ण जनकपुरधामवासीले सहयोग गर्नेछन् । ’ भारतले नेपाललाई हरेक संकट र विकासको कार्यमा सहयोग गर्दै आउनु अत्यन्त सराहनीय रहेको र खादीको विकासमा पनि संघले सहयोग गर्ने अपेक्षा रहेको पुर्व राज्यमन्त्री यादवले विश्वास व्यक्त गरे । नेपालबाट संघ पुगेका टोलीलाई संघका अध्यक्ष चौधरी एवं भारतका केन्द्रिय मन्त्री विरेन्द्र कुमारले दोसल्ला ओढाई सम्मान गरेका थिए । खादी ग्रामोद्योगको अध्ययन अवलोकनको क्रममा नेपाली टोलीको साँसद अजय निषादसंग समेत शिष्टाचार भेटघाट भएको थियो ।

भेटघाट खादीको विकास तथा स्थापना दिवसको अवसरमा आगामी अक्तुबरमा प्रस्तावित खादी महोत्सवको सन्दर्भमा केन्द्रित रहेको थियो । भेटघाटमा साँसद निषादले भारत सरकार जहिले पनि नेपालको विकासको लागि कटिबद्ध रहेको बताए । ‘नेपाल– भारत एक समान छ, हामी भाई भाई छौं हाम्रो बेटिरोटीको सम्बन्ध छ’ निषादले प्रष्ट पारे । साँसद निषादले प्रधानमन्त्री मोदीलाई नेपालको दुखसुखको चिन्ता आफ्नै मुलुक झैं रहने गरेकोले नेपालमा खादीको विकासको निम्ति भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सो भेंटघाटमा प्रोफेसर हरिशंकर भारती, भारतीय जनता पार्टीका नेता विकास गुप्ता , प्रभात कुमार, जनता दल युनाईटेडका नेता प्रिंसु मोदी सहितका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । खादीको व्यवसायिक आदान–प्रदानले दुबै देशका नागरिकहरुमा परनिर्भतामा कमि आउने विज्ञहरुको कथन छ ।

Comment


Related News

Latest News

Trending News