अपडेट 
२०७८ आश्विन ५, मंगलवार १५:५८

प्रहरीले ४० किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-२ का ३५ वर्षीय बिध्यानन्द साह सोनार रहेका छन् ।

मंगलबार बिहान ७:३० बजे गौर नगरपालिका वडा-४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उनलाई पक्राउ हो ।उनको साथबाट ३९ लाख ४४ हजार मूल्‍य बराबरको ४० केजी चाँदी बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पटाइएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News