२०७८ आश्विन ५, मंगलवार १६:०५

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्न सक्ने चेतावनी दिएको छ ।

बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोबाइललगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको अवस्थामा उत्तरपुस्तिका समेत सामाजिक सञ्जालमा भेटिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परीक्षार्थीले परीक्षा हलमै मोबाइल लगी उत्तरपुस्तिकाको फोटो खिचेर टिकटक बनाएर राख्ने लगायतका गतिविधि परीक्षाको मर्यादा विपरीत रहेकाले त्यस्ता परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द तथा सम्बन्धित विद्यालयको परीक्षा केन्द्र समेत खारेज गर्न सक्ने चेतावनी दिएको छ । बोर्डले यस प्रकारका अमर्यादित कार्य नगर्न र नगराउन सम्बन्धित विद्यार्थी, शिक्षक एवं विद्यालयहरुलाई आग्रह गरेको छ ।

भदौ ३० गतेदेखि शुरु भएको कक्षा १२ को वार्षिक परीक्षाको पहिलो दिन नै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा परीक्षा हलमा नै बसेर उत्तरपुस्तिका, परीक्षा हलमा विद्यार्थीले चिट चोरिरहेकोजस्ता भिडियो सार्वजनिक भएका छन् । उक्त भिडियो बाहिरिएपछि बोर्डले यस्तो चेतावनी दिएको हो ।

Comment

Related News

Latest News

Trending News