२०७८ आश्विन ६, बुधबार ०७:१८

राजविराज । चार वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेकी सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षीया रोहिणी (परिवर्तित नाम) लाई पतिले अपनाउन अस्विकार गरेपछि अहिले घर न घाटकी भएकी छिन् ।

अभिभावकको सहमति बिना सोही गाउँपालिका ३ का २४ वर्षीय सानु चौधरी सँग २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेको बताएकी रोहिणी पतिले पत्नीको रुपमा अपनाउन अस्विकार गरेपछि अलपत्र परेकी हुन् । उनी प्रेम विवाह गरेको भोली पल्टैदेखि राजविराज ७ स्थित भाडाको घरमा एक्लै बस्दै आएकी छिन् । पति चौधरीले घरमा स्थिति सहज भएपछि लाने भन्दै तत्काल यही घरमा बस्न लगाएको उनले सुनाइन् । केही समय पति चौधरी सँगै बसेपनि लामो समयदेखि सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उनी बताउँछन् । जीवनयापन कष्टकर भएपछि स्नातकसम्म पढेकी उनी अहिले टोलकै केही बालबालिकालाई ट्युसन पढाएर जसोतसो खर्च टारिरहेकी छिन् । पतिकै दबाबमा तीन पटक सम्म झुक्याएर औषधी खुवाई गर्भपतन गराइसकेको पीडा उनले सुनाइन् । “ दबाब र धम्की दिएर पटक पटक गर्भ तुहाउन लगाए, उनले भनिन, “तर पनि पत्नीको दर्जा पाउन नसक्दा बिल्लीबाठ भएको छ ।” उनी न्यायका लागि लामो समयदेखि प्रहरी र अदालत धाईरहेकी छिन् । न्यायमा ढिलाई भएपछि मंगलबार संचारकर्मी र अधिकारकर्मी गुहार्न पुगेकी उनले न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । “मलाई यो अवस्थामा पु¥याउने चौधरीलाई कारवाही हुनुपर्छ, उनको एउटै माग छ । चौधरी र उनका आफन्तले “१० लाख रुपैयाँ लेऊ, अर्को केटासँग विहे गरिलेऊ भन्दै प्रलोभन देखाउने गरेको भन्दै आफूले नमानेको उनको भनाई छ ।

मेरो इज्जत लिएर इज्जतको मूल्य तोक्ने माथि कारवाही हुनुपर्छ, उनले भनिन् । उनका अनुसार घटना सार्वजनिक र चर्किदै गएपछि २०७७ फागुन २१ गते प्रहरीले चौधरीलाई पक्राउ गरि एक दिन थुनामा पनि राखेको थियो । हिरासतमा रहेका चौधरीले एक साताभित्र आफूसँग विहे गर्छु भनि कागजात गरेपछि थुनामुक्त भएको उनले बताइन् । तर, चौधरीले बोली फेरे । विहे गर्न मानेनन् रोहिणीले भनिन् । केही सीप नलागेपछि प्रहरीले जबर जस्तीकरणी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया सुरु गर्यो । मुद्दा अदालतमा पुग्यो । अदालतमा चौधरीका आफन्तले “सानु जेल गए कसरी तिम्रो उसँग विहे हुन्छ । बरु तिमी जाहेरी फिर्ता लेउ, सानुसँगै विहे गराईदिन्छु भन्दै एउटा कागजमा हस्ताक्षर गराएको रोहिणीको भनाई छ । “सप्तरी जिल्ला अदालतको आदेशले २०७८ बैशाख ३ गते सानु २ लाख धरौटी बुझाएर रिहा भएका छन्, रोहिणीले भनिन्, फेरी पनि सोनु र उनका आफन्तले बोली फेरे र मलाई स्वीकार गर्न तयार भएनन् ।” “घरमा गयो भने कुटपिट गर्दै लखेट्छन, माइती गयो भने “तैले आफ्नो मर्जीले विवाह गरेको भन्छन्, अब कहाँ जाने, रोहिणीले दुखेसो पोखिन् । पति सानु पहुँचवाला भएको र पावर लगाएर म माथि एकपछि अर्को पीडा थपिदै गएको उनको दुखेसो छ ।

यता सानुले रोहिणीसँग सामान्य चिनजान मात्र भएको र त्यस्तो सम्बन्ध कहिले नभएको दाबी गरेका छन् । “रोहिणीद्वारा लगाइएका सबै आरोप बनावटी र सरासर गलत हुन्, सानुले भने “मलाई बदनाम गर्ने र फसाउने नियतले मात्र त्यस्ता झुठा आरोप लगाएकी हुन् ।” उनले रोहिणीसँग आफूले विवाह नगरेको दाबी पनि गरे । उनले २०७७ फागुन २१ गते रोहिणीले जबरजस्तीकरणी ग¥यो भनेर प्रहरीमा झुठो जाहेरी दिएको र आफू पक्राउ परेको स्वीकारे पनि आफूले जरबजस्तीकरणी नगरेको र उनीसँग विहे गर्ने भनेर प्रहरी कार्यालयमा कुनै कागज पनि नगरेको दाबी गरेका छन् । प्रहरी उपरिक्षक राजेन्द्र धमलाले विषयको संवेदनशिलता र गम्भिरता बुझि दुबै पक्षलाई राखी सहमतिबाटै निकासको प्रयास गरिएको बताए । उनले छलफलमा भएको मौखिक सहमतिको पालना नभएपछि जबर जस्तीकरणी मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको र मुद्दा अदालतमा पुगेको जानकारी दिए ।

Comment


Related News