अपडेट 
२०७८ आश्विन ६, बुधबार ०७:२९

स्यानोमा मलाई कस्सैले केईँ आशीर्वाद दिँदा मैले आशीर्वाद थाप्नु वा लिनुभन्दा पनि पहिले माग्थे रे । आशीर्वाद मागेर पाइँदैन भन्ने उखानलाई उहिल्यै पाखा लगाएको र आधुनिकताका काखामा लिएको थिएँ रे मैले । मैले स्यानैदेखि मन पराएको आशीर्वाद थ्यो : स्टाइलिस भए … ।

स्यानोमा मैले आफ्नो स्टाइल कपालबाट सुरु ग¥या थें । हरेक मैना अलग डिजाइन । घराँ जब कपाल छाँट्ने आदेश प्राप्त हुन्थ्यो तब एउटा उपदेश पनि उपहारमा आउँथ्यो : एस्पालि चैं कपाल नबिरेस् । यस्को अर्थ यो नि लाग्थ्यो कि कपालको मेरो स्टाइल वर्तमानमा प्रयोग र प्रचलनमा छ, त्यो मन पराइएको छैन । आदेश र उपदेश दुवैलाई मिलाएर बुझ्ने र सिर्जनात्मक प्रयोग गर्ने गर्थे । हरेक पटक डिफरेन्ट स्टाइलमा कटाउँथें । कैले कुखुराको भाले कट कटाउँथे र एउटा जुरो अगाडितिर राखेर पछाडि घाँटी छोपिने गरी लम्ब्याउँथे । कुनै बेला जुरोविहीन पोथी कुखुराकट कपाल बनाउन लगाउँथे । कैले पछाडि सिनित्तै पारेर अगाडि चैं नाकसम्म लर्किने गरी घोडाकट राख्थें । कैले सिधा जिउँसो त कैले छेउमा लेउ लगाएको जस्तो बनाउँथे । दुई मुठी टुपी राखेर डेढ फिट लामो पारेको मेरो कपालले एन्टेनाको परिचय पाको थ्यो मार्केटमा । पहेंलो, हरियो, रातो र सेतो गरी चार कलरको रिबिनले एकैचोटि एन्टेनालाई सजाउँदा मार्केटकै नजर मेरो एन्टेनामाथि हुन्थ्यो । कपालको स्टाइलसँगै रङ पनि फेर्थे । मेरो कपालको ओरिजनल रङ कस्सैलाई पनि थाहा भएन मेरो बाल्यकालमा । कैले निख्खर अँध्यारो कलरले पेन्ट गर्ने त कैले खैरो त कैलै रातो । एकपटक त हरियो नै रङाको थें । आकर्षणको मोह कस्मा हुँदैन ? सप्पैले कुनै विशेष गुण आफूमा होओस् भन्ने चाहेका हुन्छन् । कोही ठूलो भएर र दार्शनिक भएर बुझ्छ भने उस्को दोष हो, म त स्यानैमा ई सप्पै कुरा बुझिसकेको थें ।

मार्केटमा सप्पै कुराको भाउ हुन्छ । अंग्रेजीको भाउ चैं जैले नि सप्पैभन्दा उपर । पत्रिका दोकानामा नि अंग्रेजीको पत्रिका सप्पैभन्दा माथि राखेर बेच्ने चलन छ । बीच सडकमा अंग्रेजी पत्रिका पल्टाएर पढेको जस्तै गर्दै अगाडि बढ्दा मात्र पनि अगाडिका सबारी साधनले साइड दिइहाल्ने, पछाडिकोले पनि परैबाट साइड लिएर जाने । पैले अंग्रेजीप्रति गुरुत्वाकर्षणको विकर्षणजस्तो भन्ठान्या थें कि समान ध्रुवमा विकर्षण भएर तेसो भएको होला तर मेरो भ्रम रेछ । ठूल्ठूला मनुवाका नजिक साधारण मनुवा जान नचाहने होइन, जान नपाउने हुन्छ । तेसैले अंग्रेजी अखबारकै नजिक पर्न नसकेका हुन् । अ‍ैलेसम्म मलाई एही कुरा लागेको छ कि बाहिर विरोध गरे नि भित्रभित्रै सप्पैले चाहेको एही हो । को ठूलो बन्न चाहँदैन ? को अंग्रेजी बक्न चाहँदैन ? नजाने पनि टुटेफुटेका बोलिटोपल्छ । आफ्ना सन्तानलाई अंग्रेजी बकाउन चाहन्छन् सप्पै । अनि नेपाली पढाइ हुने विद्यालयभन्दा अंग्रेजी टिचिङ हुने स्कुलमा स्टुडेन्टको मारामार भाको हो । देशमा मातृभाषाको एत्रो लडाईँ छ तर कतै मातृभाषा स्कुल छ ? अ‍ैले बाउ–छोराले कुराकानी ग¥यो भने बाउको भाषा पाखे र छोराको सहरिया तेसै भाको हो र ? मार्केटमा न अंग्रेजी न त मातृभाषा अ‍ैले ठिमाहा शब्द धेरै चल्न थालेको छ । शुद्ध नेपालीभन्दा प्योर नेपाली बोल्ने धेरै छन् । धेरै नेपाली शब्दको अंग्रेजीकरण (नेपांग्रेजी) बनेको तेसै काँ हो र ! मार्केटको कुनामा टोटल अंग्रेजीमा पढाइ हुने कलेज खुलेको फस्ट ब्याचमा मैले एडमिसन गराएँ । फस्ट दिन फस्ट क्लासमा बस्न पाएपछि कलेजको फस्ट स्टुडेन्ट नभए फस्ट ब्याचको स्टुडेन्ट कहलिन पाउने तथा इंग्लिस मिडियमको कलेजमा स्टडी गरेपछि समाजमा नाक नै ठूलो हुने । बुबा–आमाको पनि इज्जत बढ्ने । बुबा–आमाको इज्जत बढाउने काम गर्नु सन्तानको कर्तव्य पनि हो । मेरो आफ्नै पावर भएकोले मेरो एडमिसन हुन पाको थ्यो । नत्र झारेझुरे र भारेभुरेको एडमिसन कलेजमा नहुने एडभरटाइज नै भाको थ्यो त ।

इन्ट्रान्समा मलाई ओरल कुइस्चन मात्र सोधेको थियो । तेस्को पनि जबाफ आफ्नै तालले देको थें । मलाई सोधिएको कुइस्चन थ्यो : थ्री माइनस इलेभेन टु इलेभेन केलाई भनिन्छ ? “इंग्लिस स्टडी गर्न आकोलाई म्याथको कुइस्चन नगर्नुस् । अब मैले बुझें – म पास भएँ । तपैँहरूलाई म्याथ मात्रै आउँछ ।” यति भन्दै म गजक्क परेर फुत्त बाहिरिएको थिएँ । आफैंलाई इन्ट्रान्समा पास भएको घोषणा गर्दै । तपैं नै विचार गर्नोस् न, आफ्नो काम आफैंले नगरे के अरुले गर्देला ? अरुको भरमा पर्नु आफैंलाई पछाडि धकेल्नु होइन त ? मैले आफ्नो बारेमा डिसिजन गरे पछि गरें गरें । कल्ले रोक्ने मलाई ? निस्कँदा निस्कँदै कुइस्चन सोध्नेले अलिक डराएको स्वरमा बोलेको मेरो कानमा ठोक्किएको थियो : एस्को आन्सर आशा हुन्थ्थो, निराशा छाडेर गयो । पैलो दिन, पैलो स्टुडेन्ट र मैले सोधेको पैलो कुइस्चन । मेरो रिजल्ट कन्फर्म किन थ्यो भने मजस्तो स्टुडेन्ट चाहिएकै थ्यो कलेजलाई । केईँ स्टुडेन्टलाई तह लगाउन एडमिनिस्ट्रेसनले पैले नै मलाई भनिसकेको थ्यो कि तिम्रो एडमिसन स्योर हुन्छ । हन्डे«ड पर्सेन्ट स्कलरसीपमा । तेसै भयो पनि । अनि फस्ट दिन, फस्ट क्लासमा निर्धारित समयमा कलेज पुगें । जुन क्लासमा बस्नलाई भनेको थियो, सोहीमा उपस्थित सप्पै स्टुडेन्टलाई बसालेर गाइड गर्दै आदेश दिएँ । मैले दिएको आदेशको मुख्य अंश : “आज इन्ट्रोडक्टरी क्लास हुन्छ । सप्पैले आफ्नो नाम अनिवार्य रुपमा अंग्रेजीमै भन्नुपर्छ । फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन । एनि हाउ, आफ्नो नाम अंग्रेजी बनाऊ हैनभने कलेजबाट आउट जाऊ ।” इन्ट्रोडक्ट्री क्लासमा केही सरहरु इन्ट्री गरे । इन्ट्री गर्दा हाम्ले क्ल्यापिङ गरेर वेलकम ग¥यौँ ।

एक जना सरले मेरो अनुहार देखेर ट्वाँ परे । लाटोले केरा हेरेझैँ मतिर हेरेको हे¥यै भाको देखेर मैले कुरो बुझिहालें । फस्ट टाइम देख्नेले त अनौठो मान्नु स्वाभाविक थियो । सधैँ देख्नेले त झन् साँझ–बिहान मतिर किन हेर्छन् भने एल्ले आज सहरमा कुन नयाँ स्टाइल ल्याछ । सहरलाई मैले सधैँ नयाँ स्टाइल दिएको छु । आज मैले नाकदेखि मुन्तिर एकातिरको जुँगा र दारीलाई सफाचट पारेको थिएँ भने अर्कोतिर जस्ताको तस्तै राखेको थिएँ । दारी जुँगा पाल्ने र दारी जुँगा फाल्ने दुवै रहर एकैचोटि पूरा गरेको थिएँ । सर्ट पनि स्टाइलिस नै थ्यो । टाइगर ब्रान्ड कपडाको मेरो सर्टको एउटा बाहुला हाफ र अर्को बाहुला फुल थियो । अगाडि र पछाडि दुइटा झ्याल राख्न लगाको थें सर्टमा र खल्ती चैं काखीमुनि । अरुलाई त मेरो स्टाइलको बारेमा थाहै थ्यो ।

एक जना सरले बाटो खोले : एई बोई, इन्ट्रोड्युस योरसेल्फ ।

स्टुडेन्ट १ : माई नेम इज लाइभ रेड इम्पोरटेन्ट … ।

सप्पैको मुखबाट निस्केको बेमौसमी हाँसोले एकपल्ट सडकको बटुवाको नि ध्यान तान्यो । एउटा साइकल झन्डै एक्सिडेन्ड भको थ्यो, जोगियो ।

सर १ : नेपांग्लिस बोले नि हुन्छ ।

स्टुडेन्ट १ : मेरो नाम जियालाल महतो हो ।

स्टुडेन्ट २ : आई फ्रम नेलपुर । माई नेम इज चाइल्ड फादर मतलब बच्चा बाबु ।

स्टुडेन्ट ३ : माई नेम इज गड लङ्ग अर्थात् ईश्वर लामा ।

स्टुडेन्ट ४ : माई नेम इज मून लाइट झा मिन्स प्रकाश चन्द्र झा ।

स्टुडेन्ट ५ : माई नेम इज लोटस ब्ल्याक राउन्ड । मेरो नाम हो कमलकृष्ण गोले ।

स्टुडेन्ट ६ : माई नेम इज स्मल रेड हर्न ।  नेपालीमा छोटेलाल सिंह ।

स्टुडेन्ट ७ : माई ओरिजनल नेम इज किङ्ग फादर लायन अर्थात् राजाबाबु सिंह बट माई फेमिलिएर नेम इज मिस्टर लभर अर्थात् मेरो प्रचलित नाम प्रेमी हो ।

स्टुडेन्टहरूको इन्ट्रोडक्सन सुनेर कैयौँ टिचरको ओठ सुक्यो, तालु सुक्यो, पसिना चल्यो । कतिको त बाक्यै फुटेन । जब टिचरहरूको इन्ट्रोडक्सन दिने टर्न आयो तब कतिपय सरलाई नै डिफिकल्ट हुन थाल्यो । सप्पै सरलाई आफ्नो अंग्रेजी नाम थाहा हुन्छ भन्ने होइन । कतिपय त नामै भन्न नआई लुसुक्क निस्के । इन्ट्रोडक्टरी क्लास सकिएपछि मलाई बाहिर भेट्ने इसारा प्राप्त भो । जसै पुगें तसै मेरो कानमा प¥यो : थ्यांक्यु स्टाइलिस ब्याय । स्टाइलिस बन्न चाहने र स्टाइललाई जीवनको अंग बनाउन चाहने अब हाम्रो नयाँ कलेजमा आउँछन्, तिम्रो अनुकरण गर्छन् । कलेजमा स्टाइल धेरै इम्परनेन्ट कुरो हो । बी मोर स्टाइलिस । थ्यांक्यु सर भन्दै बाहिर निस्कें । आज सहरमा मलाई स्टाइलिस रहरले सबैले चिनेका छन् । ममीको डैडी र डैडीको ममीसमेतसित मैले लिएको स्टाइलिस भए…. भन्ने आशीर्वाद मलाई लागेको छ । तपैँहरुले पनि आफूलाई चिनाउने आशीर्वाद बलजफ् ती लिनुहोस् ठूलाबडासित । वास्तवमा रहरले सहर चिन्दछ । सहरले अर्कै सेन्समा रहर पनि चिन्छ । आज म स्टाइलिस भए भन्ने आशीष दिने सप्पैलाई नमन गर्दछु । अमनले भए नि मेरो नमन एक्सेप्ट गर्नुहोला । आफूभन्दा स्यानोजति सप्पैलाई आशीष दिन्छ : बी स्टाइलिस ।

Comment


Related News

Latest News

Trending News