अपडेट 
२०७८ आश्विन ७, बिहीबार ०६:५४

जनकपुरधाम । बालिका बलात्कार आरोपमा धनुषा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका ५ पर्वताका ६० बर्षीय पल्टु मण्डल रहेका छन् । १५ दिन अगामी गाउँकै एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुधवार मण्डललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । उनले पीडितको मौखिक उजुरीमा उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको बताए । पीडित परिवारले आरोपी मण्डलमाथि किटानी जाहेरी दर्ता गराएको छैन । प्रहरी निरीक्षक ठाकुरले पीडित परिवार उजुरी दिने तयारीमा लागेको बताए । बालिका घाँस काट्न गएका बेला मण्डलले बलात्कार गरेको कुरा पीडित परिवारले बताएको उनको भनाई छ । पक्राउ परेका मण्डलमाथि जबरजस्ती करणी मुद्दा चलाइने प्रहरीले जनाएको छ । मण्डलले बलात्कार गरेको घटनाको भिडियो एक युवकले मोवाइलमा कैद गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमै देखेपछि प्रहरीले मण्डललाई पक्राउ गरेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News