अपडेट 
२०७८ आश्विन ७, बिहीबार ०७:००

जनकपुरधाम । विश्वकै हिन्दुधर्मावलम्बिहरुको आस्थाको केन्द्र जनकपुरधाम स्थित जानकी मन्दिरलाई युनेस्कोद्वारा विश्व सम्पदा सूचिमा सुचिकृत गराउनको लागि सरोकारवालाहरु एक मत देखिएका छन ।

जनकपुरधाममा बुधबार उप– महानगरपालिकाद्वारा आयोजित जानकी मन्दिरलाई युनेस्कोद्वारा विश्व सम्पदा सूचिमा सुचिकरण सम्बन्धि वृह्त परामर्श कार्यशाला गोष्ठीमा सहभागि सरोकारवालाहरुले सबैले आ–आप्mनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै जउनपाका मेयर लालकिशोर साहले राज्यबाट वर्षौदेखि चरम विभेदको शिकार बनेको जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको यस गोष्ठीको मुख्य उद्देश्य जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकरणको लागि बहशको प्रारम्भ गर्नु रहेको जनाए । विगत तीन वर्ष पुर्व नै जनकपुर उपमहानगरपालिको नाम परिवर्तन गरि जनकपुरधाम उपमहानगरपालिका बनाउने निर्णय गर्नु पनि जानकी मन्दिरलाई सुचिकृत गराउने पहिलो खुड्किलोको रुपमा रहेको बताउँदै मेयर साहले भने –‘ विश्व सम्पदा सूचिमा सुचिकरणको लागि थुप्रै क्राईटेरिया पुरा गर्नु पर्ने हुन्छ र सोकै तयारीकै सोंच सहित नगरपालिकाको भवनहरुलाई मिथिलाको पौराणिकता संग जोडेर हामीले नामाकरण ग¥यौ यो सबै यसकै तयारीको लागि हो जनकपुरधामको धार्मिक ऐतिहासिक र पौराणिक महत्वका दृश्य अदृश्य सम्पदाहरुको संरक्षण गर्नु त हो । ’ मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गरेपछि महन्थ परम्पराको के होला भन्ने सर्वसाधारणहरुको आशंकाको जवाफमा उनले भने –‘ साढे पाँच सय वर्ष भन्दा बढि पुरानो गुरु शिष्य परम्परा (महन्थ परम्परा ) जस्तो ऐतिहासिक धरोहरलाई जिवन्त बनाउँदै लग्ने हाम्रो सोंच छ । ’ संकल्पित भएर प्रक्रियागत रुपमै मिहिनेत गर्दै गए विस्तारै भएपनि सफलता भने अवश्य पाईने विश्वास मेयर साहले व्यक्त गरे ।

राजनीति र विकासको राजनीति बिच भिन्नता रहेको कुरा बुझ्दै जनकपुरधामवासीहरु अगाडि बढ्नु पर्ने आवश्यकता रहेको मेयर साहले प्रष्ट पारे । ‘धेरै ठुल–ठुलो क्रान्तिकारी कुरो गरेर मात्रै हुँदैन कुनै पनि ठाँउको समुचित विकासको लागि धैर्यका साथ विस्तारै काम गर्दै जानु पर्छ , जउनपाको नवउद्घाटित भवनको शाखाहरुको नामाकरण गर्नु , जउनपालाई सुर्तिजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गराउनु सहितको निर्णय पनि संस्कार र सभ्यताकै संरक्षणको निम्ति गरिएको छ । ’ सुदृढको सहयोगमा आयोजित सो गोष्ठीमा अतिथिको आसनबाट बोल्दै जानकी मन्दिरका महन्थ श्री रामरोशन दास वैष्णवले जउनपाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकरणको लागि उठाएको कदम सरहानीय रहेको बताए । विक्रम सम्वत २०५२ साल देखि नै विश्व सम्पदा सूचि र जानकी मन्दिरको चर्चा बाल्यावस्थादेखि नै सुन्दै आएपनि आधिकारिक रुपमा स्थानीय सरकारी स्तर बाटै बहशको सूरुवात हुनु सकारात्मक रहेको महन्थ दासले उल्लेख गरे । जानकी मन्दिरबाट २०२० सालमै नेपाल सरकारले मन्दिरको सुन , चानी , हिरा मोती लगायतका गहनाहरुबारे एउटा भरपाई मात्रै जानकी मन्दिरमा रहेको दुखेसो पोख्दै उनले भने –‘ हामीले यसबारे पटक–पटक जिल्ला प्रशासन कार्यालयदेखि मन्त्रालय सम्म बैठक ग¥यौं तर कहिले हनुमान ढोकामा छ भनेर कुरो टारियो भने कहिले गुठी संस्थानमा छ भन्दै बहाना बनाईयो , ।

एकातिर विश्व सम्पदा सूचिमा सुचिकरणको कुरा गर्ने अर्को तिर कमिशनको चलखेल गर्ने स्वार्थमा मन्दिरको ऐतिहासिक स्वरुप बिगार्ने काम जारी रहेको सहभागिहरुको गुनासोको जवाफ दिँदै महन्थ दासले भने –‘ विगतमा पनि टायल्स लगायतको भौत्तिक मरम्मत सम्भार भएको हो र स्वरुपमा पनि परिवर्तन भएको छ जुन निकायलाई जे मन लाग्यो त्यहि गर्न थाल्छन सबैथोक हाम्रै बशमा हुँदैन नि । ’ जनकपुरधामलाई परिक्रमा भित्रको क्षेत्रलाई पुर्णतः माँसमदिरा मुक्त मात्र होइन धार्मिक नगरकै रुपमा विकास गर्नु पर्ने र जनकपुरधाम शहरलाई भने आउट साईडमा निर्माणको लागि मास्टर प्लानको आवश्यता महन्थ दासले औंल्याए । मासु माछाको विक्री वितरण नै बन्द गर्ने कसैले खानु नै हुँदैन भन्ने पनि होइन तर विश्वभरकै हिन्दुहरुको आस्थाको केन्द्र भगवान रामको ससुरालीको वातावरण धार्मिकताले ओतप्रोत हुनु पर्ने होइन भन्ने प्रश्न समेत महन्थ दासले तेर्साएका थिए । जसलाई जे मन लाग्यो त्यहि गर्ने प्रवृतिलाई रोक्न सबै पक्ष अगाडि आउनु पर्ने र जनकपुरधामको समुचित विकासको लागि उजनपाले थालेको अभियानमा मन्दिरको तर्फबाट पुर्ण सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे । त्यस्तै कार्यक्रममा बोल्दै सुदृढका प्रशिक्षक काई वाईजले कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्न साँस्कृति तथा प्राकृतिक स्वरुपको आधारमा सुचिकरण गर्न सकिने युनेस्कोको ले क्राईटेरिया बनाएको बताए । सो मध्ये जुन सुकै क्राईटेरिया पुरा भएपछि सुचिकृतको प्रक्रिया अघि बढ्ने जानकारी गराए । त्यसै गरि जानकी मन्दिरलाई सुचिकृत गराउनको लागि सम्पदाको दृश्य ÷अदृश्य पौराणिक धरोहरहरुको खोज अनुसन्धानात्मक हजार पृष्ठ लामो ओईसी तयार गर्नु पर्ने र सो बुझाएपछि बल्ल विश्व सम्पदा सूचिमा सुचिकृत हुने भएको र यो पक्रिया आजबाट सूरु गरिए कम्तिमा पनि तीन वर्ष पछि पुरा हुने वाईजले प्रष्ट्याए । एक पटक सुचिकृत भएपछि कुन पक्रियाबाट भएको हो कसरी भएको भन्ने केही पनि महत्वपुर्ण नहुने वाईजले स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै सुदृढका प्रतिनिधी कृष्णा ज्ञवालीले कार्यक्रममा सबै क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको सराहना गर्दै भने –‘ जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्न सबै पक्ष एक जुट देखिएका छन तथापि यो काम आजको आजै हुने होइन , यसको लागि संवेदनशिलता मात्र होइन दृढ संकल्पित हुनु पनि अपरिहार्य छ । ’ तर जउनपाले थालेको अभियानले उँचाई प्राप्त गर्ने र जानकी मन्दिरको संरक्षण सम्बद्र्धन तर्फ जनकपुरधामवासी सचेत हुँदै जाने विश्वास समेत व्यक्त गरे । सबैको संकल्पले आजैबाट काम सूरु गरेपनि लामो समय लाग्ने भएको हुँदा यस विषयबारे अध्ययन अनुसन्धानको कार्य थालिहाल्नु पर्ने उनले प्रष्ट पारे । कार्यक्रममा संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखाका कर्मचारी सुरज अर्यालले जउनपाद्वारा स्थानीय स्तरमा थालिएको कामको सराहना गरे । स्थानीय स्तरबाट सूरु भएको कार्य अगाडि बढ्दै गएपछि पुरातत्व विभाग र मन्त्रालयले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता अर्यालले व्यक्त गरे । संघीय मन्त्रालय पनि नीतिगत रुपमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउन पुर्ण रुपमा प्रतिबद्ध रहेको जानकारी समेत मन्त्रालयका प्रतिनिधी अर्यालले गराए । सुचिकृत गराउनु पहिला यहाँको बधशाला ,सरसफाईका समस्या लगायतका पुर्वाधार हरुको बारेपनि गोष्ठीमा उठेका जिज्ञासा र सहभागिहरुको चिन्तालाई सराहना गर्दै अर्यालले स्थानीय चासोमा संघीय मन्त्रालय पछि नपर्ने दावी गरे ।

कार्यक्रममा बोल्दै नेकपा समाजवादीका धनुषा जिल्ला सचिव राजकुमार यादवले जानकी मन्दिर सबैको साझा सम्पति हो र यस कार्यमा कुनै प्रकारको राजनीति गर्न नहुने धारणा राखे । विगतमा विकासको काममा पनि जनकपुरधाममा दलीय राजनीति हावी हुने प्रवृतिले जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउन नसकिने भएकोले यसको लागि सबै दल संवेदनशिल हुनु जरुरी रहेको नेता यादवले बताए । वल्र्ड हेरिटेजको लागि मन्दिर आसपासका क्षेत्रलाई खाली गराउनु पर्ने अवस्थामा फोहर राजनीति गर्न नहुने लगायतको कुरोमा संवेदनशिल भई अगाडि बढ्नु पर्ने नेता यादवको कथन छ । कार्यक्रममा बोल्दै जउनपा–४ वडाध्यक्ष सुदर्शन सिंहले विभिन्न संघ संस्थाहरुले उठाउँदै आएको मुद्दा पहिलो पटक स्थानीय सरकारको लागि बहशको विषय बन्नु नै जनकपुरधामवासीको पहिलो जित रहेको बताए । उनले भने –‘ हामीले जानकी मन्दिरको संरक्षण सम्बद्र्धन गर्नै पर्छ तर हामीले के – के गुमायौं त्यसमा पनि बहश जरुरी छ । ’ मौलिक संस्कृति , सभ्यता नै हराउँदै गएको अवस्थामा कसरी सुधार ल्याउने बारे समेत हामी सचेत हुनु आवश्यक रहेको नेता सिंहले प्रष्ट्याए । कार्यक्रममा बोल्दै पत्रकार श्याम सुन्दर शषिले एकातिर विश्व सम्पदा सूचिको लाग ितैयारीको कुरा गर्ने र अर्को तर्फ जुन निकायलाई मन लाग्यो त्यसले बिना कुनै दीर्घकालीन योजना नै मन्दिरको स्वरुप परिवर्तन गर्ने नाटकले कहिले पनि सफलता नपाईने बताए । केही दिन यतादेखि जानकी मन्दिरमा कहिले प्रदेश सरकार त कहिले स्थानीय स्तरबाटै स्वरुप बिगार्ने काम भएको प्रति आक्रोश पोख्दै उनले भने –‘ तीनै तहको सरकार ईमान्दार हुनु जरुरी छ र त्यो भन्दा पनि स्थानीय नेताहरु ईमान्दार बन्नै पर्छ अन्यथा जानकी मन्दिरलाई सुचिकृत गराउनु चानचुने कुरा होइन ।

’ गोष्ठीमा बोल्दै जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकी मन्दिर विश्व सम्पदा सूचिमा सुचिकृत हुनुले सब भन्दा बढि लाभ यहाँको व्यवसायीहरुले नै उठाउने निश्चित रहेको बताए । उनले जउनपाले थालेको यस अभियानमा सहयोग गर्न उद्योग बाणिज्य संघ जहिले पनि ततपर रहने प्रतिबद्धता पनि अध्यक्ष महासेठले व्यक्त गरे । पाँच बुंदे प्रतिबद्धतापत्र जारी गर्दै गोष्ठी समापन भएको छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकरणको लागि चेतना तथा बहशको दायरा बढाउँदै लैजाने एक मुख्य उद्देश्यले गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा पत्रकार सुभाष कर्ण , ईन्जिनियर जितेन्द्र महासेठ , मिथिला चित्रकार सुनैना ठाकूर ,जउनपाका कर्मचारीहरु , विभिन्न वडाका वडाध्यक्ष सहित विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News