
लहान । उचित पारिश्रमिकको माग गर्दै बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले सिरहाको गोलबजार नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
तीन घण्टा शिक्षण उद्देश्यले सन्चालित समुदायमा आधारित बालविकास केन्द्र बिद्यालयमा समायोजन भएपछि ७ घण्टा काम गरेपनि त्यस अनुसारको पारिश्रमिक नपाएको भन्दै सोही काम अनुसारको पारिश्रमिक पाउनुपर्ने माँग सहित ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले पारिश्रमिक वृद्धिको मागसहित विद्यालय कर्मचारीहरुको निजामती सरह पारिश्रमिक लागु गर्नुपर्ने, श्रम ऐन अनुसार पारिश्रमिक पाउनुपर्ने, विद्यालय कर्मचारी र बालविकासका सहयोगीलाई स्थायी दरवन्दीमा समावेस गर्नुपर्ने माग गरेका छन् । उनीहरुले पटक पटक शिक्षा मन्त्री, नगर शिक्षा समितिमा जानकारी गराउँदै आएको बताए । आर्थिक बर्ष २०७८÷०७९ को बजेटमा बाललिकासको बजेट वृद्धि गरे अनुसार लागू गरिदिनहुन भने पनि हालसम्म नपाएको शिक्षिका पुनम सिंहले बताइन् । उनीहरुले शिक्षा शाखामार्फत मेयरलाई ज्ञापनपत्र बुझाएका हुन् । गोलबजार नगरपालिकामा ६७ जना बाल विकास सहयोगी कार्यकर्ताहरु कार्यरत रहेको नगर शिक्षा शाखाले जनाएको छ ।