अपडेट 
२०७८ आश्विन ७, बिहीबार ०७:१६

जनकपुरधाम । धार्मिक नगरी जनकपुरधामलाई र पर्यटकीय गन्तव्य पोखरा बीच हवाई सेवा सुरु गर्न दुवै प्रदेशका मुख्यमन्त्रीले छलफल गरेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बीच दुवै प्रदेशलाई पर्यटकीय गन्तव्यको रुपमा जोड्ने बारे छलफल भएको हो । पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै मुख्यमन्त्री बीच गंभिर छलफल भएको थियो । पोखरा र जनकपुरधाम बीच सोभैm हवाई सेवा सुरु गर्न दुवै जना सकारात्मक रहेका छन् । पर्यटनको क्षेत्रमा अब्बल रहेको गण्डकी प्रदेश तथा धार्मिक पर्यटकीय प्रदेशको रुपमा विकास हुने प्रचुर सम्भावना रहेको प्रदेश–२ बिच पर्यटकीय सम्बन्ध विस्तारको लागि समेत दुबै मुख्यमन्त्री बिच छलफल भएको मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जीतेन्द्र कुमार यादवले जानकारी दिए । पर्यटकीय सम्बन्ध विस्तारको लागि जनकपुरधाम पोखरा हवाई सेवा संचालन गर्न सहकार्य गर्ने सहमति भएको उनले जनाए । सो क्रममा मुख्यमन्त्री नेपालीले जनकपुरधाम पोखरा उडानको लागि सहकार्य गर्न गण्डकी प्रदेश कटिबद्ध रहेको बताएका थिए । पर्यटन संवद्र्धनको लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार पोखराको भ्रमणमा छन् ।

बुधबार बिहान सिमराबाट पोखरा उडेका मुख्यमन्त्री राउतलाई पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जोडदार स्वागत गरेका छन् । मुख्यमन्त्री नेपाली, पर्यटन मन्त्री मणिभद्र लगायतले मुख्यमन्त्री राउतलाई पोखरा विमानस्थलमा स्वागत गरेका थिए । समकक्षी मुख्यमन्त्री नेपालीको निम्तोमा मुख्यमन्त्री राउत पर्यटकीय नगरी पोखराको अवलोकन भ्रमणको लागि पोखरा पुगेका हुन् । पोखरा विमानस्थलमा राउतको स्वागतमा नेता कार्यकर्ताहरुको साथै पर्यटन व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News