अपडेट 
२०७८ आश्विन ७, बिहीबार ११:५१

नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ ।

आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरि पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा. विजय पौडेल, प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए । नेकपा एसको अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल छन् ।

Comment


Related News

Latest News

Trending News