अपडेट 
२०७८ आश्विन ७, बिहीबार १५:१४

मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तव्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई लगाएको प्रतिबन्ध खुला गरेको हो । अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल आएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन्  मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसिया जान चाहने नेपालीहरुले मलेसियाली अध्यागमन कार्यालयको वेबसाइटमा दर्ता गर्नुपर्ने जनाएको छ ।

साथै मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ ।

Comment


Related News

Latest News

Trending News