अपडेट 
२०७८ आश्विन ८, शुक्रबार ०७:५९

जलेश्वर । महोत्तरीमा अवैध उत्खननमा चलखेल सुरु भएको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन, ठेक्का प्रक्रिया, उत्खनन परिमाण र क्रसर उद्योगमा रहेको मौज्दात स्टकको विवरण छलेर स्थानीय तहकै संलग्नतामा अबैध उत्खनन गर्न चलखेल सुरु भएको हो ।

नदीमा भएको उत्खनन परिमाण र क्रसर उद्योगमा रहेको स्टकबारे जिल्ला समन्वय समितिलाई जानकारी गराउनु पर्ने प्रावधान भएपनि कार्यान्वयन हुन सकेको छैन् । उत्खनन स्थलमा परिणाम र उत्खनन क्षेत्रफल सहितको बोर्ड लगाउनु पर्ने शर्त पालन गर्नुपर्छ । तर, कुनै पनि नदीमा शर्त पालना भएको छैन । उद्योगमा भित्रियाएको परिमाण तथा वर्ष भरी बिक्रि वितरण गरेको गिट्टी र वालुवाको परिमाण समेत लुकाएर राजश्व छलेका छन् । क्रसर उद्योगलाई शर्त पालना गराउन पटक पटक अनुगमन गरी उद्योगको स्टक र विक्रि वितरण गरेको परिमाणको विवरण हरेक महिना जानकारी गराउन पत्रचार हुन्छ । तर, कार्यान्वयन हुँदैन् । स्टक र विक्रि गरेको नदी जन्य पदार्थको जानकारी नदिइ नदीमै स्थापना भएको क्रसरले रातिको समयमा उत्खनन गर्दै आएको छ । जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश कुमार सिंहले स्थानीय तहका जनप्रतिनिधिकै संलग्नतामा प्राकृतिक स्रोतहरुको चरम दोहन भएको बताउँछन् । स्थानीय तहलाई पत्राचार गरेपनि उत्खननको अवस्थाबारे जानकारी गराउदैनन, उनले भने । महोत्तरीको बाँके, मरहा, रातु नदी किनारमा अबैध रुपमा क्रसर उद्योग सञ्चालन गरी अबैध उत्खनन भइरहेको जिल्ला समन्वय समिति महोतरीले जनाएको छ । अवैध उत्खनन बढ्दो अवस्थामा छ, अध्यक्ष सिंहले भने, ‘सरकारले बजेटमै बालुवा गिट्टी निर्यातबारे चर्चा गर्न थालेपछि चिन्ता झन थपिएको छ । राज्य नदीहरुको दोहनको विषयमा संवेदनशिल छैन । राज्यले गर्दा नै चुरेको विनाश हुँदै गएको छ ।

नदीको दोहनमा ठुलो माफियातन्त्र संलग्न छ ।’ गौशालाको बाँके जँगल स्थित नदीमा गत वर्ष अबैध उत्खनन भएको उनी बताउँछन् । नदी उत्खननको अवस्था अनुगमन गर्दा ज्यान जोखिममा परेको जिल्ला समन्वय समिति महोतरीका सदस्य सुदिप झाले बताए । अनुगमन गर्न जाँदा हामीलाई बन्दुक लठ्ठीले लखेटेर फिर्ता पठाएको छ, उनले भने । नदीहरुमा भइरहेको अबैध उत्खननले बाढी नियन्त्रणका लागि बनाइएको तटबन्ध नै जोखिममा परेको पर्यावरण अभियन्ता पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले बताए । बाँधहरु भत्किँदा महोतरी र धनुषामा जोखिम बढेको छ । मापदण्ड विपरितको अवैध बालुवा गिट्टी उत्खननकै कारणले नदीहरुको सतह बढेर बाढिको जोखिम बढेको यादव बताउँछन । कलिलो र हल्का माटोले बनेको चुरे पर्वतबाट बग्ने रातो, विग्ही, लालबकैया, बागमती लगायतका दर्जनौ नदीहरु अवैध उत्खननको केन्द्र बनेको जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विनोद कुमार सिंह बताउछन् । प्रदेश २ का सांसद रामअशिष यादव अवैध क्रसर उद्योग तत्काल नियन्त्रण हुनु पर्ने बताउछन् । तराइमा हुने अबैध नदी उत्खननले तराई मधेशको मेरुदण्ड चुरे विनासले पर्यवारणमा क्षति पुगेको छ, उनले भने ।

Comment


Related News

Latest News

Trending News