
जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका क्षयरोग अन्त्यकालागि सरकारी निजी साझेदारी निर्देशिका बनाउन लागेको हो ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा स्वास्थ्य सम्वन्धी विज्ञ, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरुवाट सुझाव संकलन गरिएको छ । शुक्रवार जनकपुरधाममा आयोजित क्षयरोग अन्यकालागि सरकारी निजी साझेदारी कार्यान्वयन र संगठनात्मक संरचना निर्देशिका तयारी गोष्ठीमा सहयोग समिति नेपालले बनाएको निर्देशिकाका रहेको कमिकमजोरी बारे मेयर लाल किशोर साह, उप–मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खडका, वडाध्यक्षहरु सत्यनारायण साह, मिथिलेशकुमार कर्ण लगायतले सुझाव दिएका थिए । थप सुझाव आईतवार संकलन गरेर अगामी नगरसभावाट पारित गराउने योजना रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।