अपडेट 
२०७८ आश्विन ९, शनिबार १०:२०

वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लाको पालिका अधिवेशन नेपाली कांग्रेसले आजबाट सुरु गर्दैछ ।

वडा अधिवेशन सकिएका ६४ जिल्ला मध्ये अधिकांशमा आज गाउँ/गर अधिवेशन हुँदै छ । काठमाडौं, ललितपुर लगायतका जिल्लामा वडा अधिवेशन सकिएपनि आज पालिका अधिवेशन नहुने भएको छ । काठमाडौंका पालिकामा १६ गते अधिवेशन हुने भएको छ । ललितपुरको पालिका स्तरको अधिवेशन सोमबार हुने भएको छ । प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकोले सारेको बताइएको छ ।

काभ्रेमा जिल्ला कार्य समिति र निर्वाचन समितिबीचमा विवाद हुँदाहुँदै गाउँ/नगर अधिवेशन हुने भएको छ । जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत बेपत्ता भएको सूचना जारी गरेका छन् । निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्क विहीन भएकाले गाउँ/नगर अधिवेशन अनिश्चितकालका लागि रोकेको उनले सूचना जारी गरेका थिए ।

निर्वाचन अधिकृत लामिछानेले आफू बेपत्ता नभएको सामाजिक सञ्जालमा शुक्रबार अबेर लेखेका छन् । अधिवेशनका लागि खटिरहेको उनले बताए । निर्वाचन समिति वा केन्द्रीय समितिले स्थगित गरे मात्रै अधिवेशन रोकिने भएकाले आचार्यले स्थगित गर्न खोजेर काभ्रेको पालिका अधिवेशन नरोकिने भएको छ ।

पार्टी शीर्ष नेताको बैठकले वडा अधिवेशन सकिएका जिल्लाको गाउँ/नगर अधिवेशनको मिति तोक्ने अधिकार निर्वाचन समितिलाई दिएको छ । १३ जिल्लाको भने क्रियाशील सदस्यता नै टुङ्गो लागेको छैन । हिमाली २१ जिल्लामा जिल्ला तहका सबै अधिवेशन असोज १८ अघि सक्ने निर्णय कांग्रेसले गरेको छ

Comment


Related News

Latest News

Trending News