२०७८ आश्विन ९, शनिबार १३:४१

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित काठमाडौंबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

शुक्रबार दिउँसो २ बजे महानगरीय प्रहरी प्रभागले नागढुङ्गामा बाहिर जिल्लाबाट उपत्यका प्रवेश गर्ने सवारीमा जाँच गर्ने क्रममा स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन्। नागढुङ्गा चेकप्वाइन्ट चेकजाँच गर्ने क्रममा चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक हाइस गाडीमा ८ र ९ नम्बरको सिटमा सवार भई आएका व्यक्तिको झोला चेकजाँच गर्ने क्रममा उनीहरुले कालो झोलामा लुकाइ ल्याएको अवस्थामा ९५ लाख फेला परेको प्रहरीले जनाएको छ।

भारतको महाराष्ट्र सङली जिल्ला थाना घर बताउने वर्ष २६ का सागर मालीको साथवाट ४५ लाख र सोही स्थान घर बताउने वर्ष १९ को कृष्ण अढाडेको साथबाट ५० लाख फेला परेको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News