
जनकपुरधाम ।प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रदेश कमिटीको समायोजन घोषणा गर्ने भएका छन् ।
पूर्व राजपाबाट आएकाहरुलाई प्रदेश कमिटीमा समायोजन गर्ने सम्पूर्ण तयारी भइसकेको प्रदेश कमिटीका अध्यक्ष विजय कुमार यादवले बताए ।‘वर्तमान प्रदेश कमिटीको अन्तिम बैठक शनिवार सम्पन्न भएको छ ’अध्यक्ष यादवले भने, समायोजनपछि नयाँ कमिटीको बैठक हुनेछ । समायोजनको घोषणा राष्ट्रिय अध्यक्ष यादवले गर्नेछन् ।जसपाको संशोधित बिधान अनुसार प्रदेश कमिटीमा अब १सय ५० जना रहनेछन् ।११ जना पदाधिकारीको संख्यालाई बढाएर १५ जनाको संख्या पु¥याइएको छ । समायोजन भनिएपनि पूर्व राजपाको प्रदेश कमिटी नरहेकाले नेताहरुले गर्ने सिफारिस अनुसारका व्यक्तिहरुलाई समावेश गरिनेछ । जसपाका अध्यक्ष उपेन्द्र यादव ४ दिनसम्म जनकपुरधाममा रहनेछन् ।उनले जलेश्वरमा जितिया महोत्सवमा समेत सहभागि हुनेछन् । जसपाको आइतवार हुने कार्यक्रमकै समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेताको चयन हुनेछ ।लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा लोसपा प्रदेश संसदीय दलको पहिलो बैठक बस्नेछ । बैठकमा दलको नेत ाचयन मुख्य एजेण्डा रहेको सांसद परमेश्वर साहले जनाए ।‘दलको बिधान अनुसार नेता चयनको प्रकृया अगाडी बढनेछ’ उनले भने, दलमा हाल १६ जना सदस्य रहेका छन् । पूर्व राजपाका १० जना जसपामा नै रहने निर्णय गरेपछि लोसपामा प्रदेश सभासदस्यको संख्या १६ मा खुम्चिएको छ ।तर प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल लोसपा नै रहने छ ।
जसपा नेतृत्वको प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र समावेश भइसकेका छन् ।नेकपा एकिकृत (समाजवादी)पनि चाँडै सरकारमा सहभागि हुने भएको छ ।सरकार बाहिर रहेको नेकपा एमालेको ८ जना मात्र सभासद रहेकाले १६जना सभासद रहेको लोसपा प्रमुख प्रतिपक्षी दल रहनेछ । प्रदेश सरकार गठन भएदेखि पूर्व राजपाहुँदै जसपा विभाजन पूर्व सम्म सत्ताधारी नै थियो ।उच्च स्रोतका अनुसार लोसपा संसदीय दलको नेता जितेन्द्र सोनल नै सर्वसम्मतबाट चयन हुने पक्का छ ।विगतमा पनि दलको नेता रहेका सोनललाई नै पूनःनेत ाचयन गर्न ठाकुर स्वयं दलको बैठकमा रहनेछन् । हनत सोनललाई लोकतान्त्रिक बिधि अनुसार चुनौती दिल बाबुलाल साह कानु तम्तयार रहेको बताएपनि ठाकुरका अगाडी उनी निरिह बन्ने छन् ।