
जलेश्वर । जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर सहितका क्षेत्रमा पार्क निर्माण हुने भएको छ ।
सात करोडको लगानीमा हुने भनिएको पार्क निर्माणको शनिबार एक समारोह बीच शिलान्यास गरिएको छ । आदिकालमै भृगु ऋषिको आश्रम रहेको किम्वदन्ती मात्र होइन त्रेतायूगमा भगवान रामको विवाहको जन्तीलाई पहिलो पटक विश्राम गरेको पवित्र ऐतिहासिक स्थल भृगुसरको सौन्दर्यलाई केन्द्रविन्दुमा राखेर पार्क निर्माण हुन लागेको छ । जनपाले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकूरले विधिविधान पुर्वक पार्क निर्माणको लागि शिलान्यास गरेका हुन । कार्यक्रममा लोसपा नेता अनिल झा , प्रदेश–२ कि प्रदेश साँसद रानी शर्मा तिवारी ,जलेश्वर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डे , जिल्ला समन्वय समितिका सभापति सुरेश कुमार सिंह , नेपाली कांग्रेसका नेता बजरंग नेपाली , जलेश्वर उद्योग बाणिज्य संघका अध्यक्ष लभ राजा सिंह , वडाध्यक्ष लोकेन्द्र लाल कर्ण, नेकपा एमालेका प्रतिनिधि शम्भु ठाकूर ,शुशिल राउत लगायतका नेता कार्यकर्ताहरुले कार्यक्रममा शुभकामना मनतव्य व्यक्त गरेका थिए ।