अपडेट 
२०७८ आश्विन १०, आईतवार १२:००

मोरङ। मोरङ प्रहरीले १७ केजी अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ वर्षीया आरती देवी यादव रहेका छन् । घरमा लागूऔषध लुकाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News