
तालिवानले अपरहणको आरोप लागेका चार जनालाई गोली हानी हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थलमा झुन्ड्याएका छन्।
तालिबानले गोली हानेर हत्या गरेपछि उनीहरुको शवलाई अफगानी शहर हेरातको सार्वजनिक स्थलमा झुण्ड्याएको जानकारी दिएको हो । तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाय दिने चेतावनी दिएको दुई दिन नबित्दै यस्तो घटना भएको हो । स्थानीय एक व्यापारीका अनुसार चार शबमध्ये एउटालाई केरनमा झुन्डाइएको थियो भने अन्य शव सहरका अन्य चोकमा प्रदर्शनमा राखिएको थियो। आगामी दिनमा अपहरणका घटना नहुन् भनेर चोक चोकमा शव प्रदर्शन गरिएको हेरातका सहायक गभर्नर मौलवी शैरले बताए । अपहरणकारीको तालिवान लडाकुको कारबाहीमा मारिएको उनले बताए।
आरोपित व्यक्तिहरुले एक व्यापारी र उनका छोरालाई अपहरण गरेर फिरौती रकम माग गरेको बताइएको छ।