अपडेट 
२०७८ आश्विन ११, सोमबार ०७:४९

मलगंवा । संघीय सरकारले सीमानाका खुला गर्ने निर्णय गरेपनि व्यवहारमा अझै लागू भएको छैन् ।

सरकारले सीमानाका खुला गर्ने निर्णय गरेपछि सीमानाका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण हर्षित भएका थिए । सीमानाका खुला गर्ने निर्णय भएको ६ दिन बितिसक्दा पनि कार्यान्वयन नहुँदा यहाँका जनतामा निरासा छाएको छ । सीमानाकाबाट जाने गाडीलाई सुरक्षाकर्मीले दशगजाबाटै फिर्ता पठाउने गरिएको छ । ग्रामीण भेगबाट काम बिशेषले भारत जान लागेका सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । भारतबाट नेपालतर्पm आउन लागेको गाडी, मोटरसाइकल र अटोरिक्सालाई भारतीय सुरक्षाकर्मीले दशगजाबाटै फर्काइदिने गरेका छन् । केही सवारीसाधन भने दशगजामा पार्किङ गरिएको छ । नाकाबाट ओहोरदोहोर गर्नेको संख्या ह्वात्तै बढेको छ । सवारी साधनहरु नचलेपछि सर्वसाधारण पैदल ओहोरदोहोर गर्न बाध्य छन् । सुरक्षाकर्मीहरूले पनि नाका खुला गरिएको बारे कुनै जानकारी प्राप्त नभएको बताए । सीमानाका खोल्ने सरकारी निर्णय कार्यान्वयनमा अन्योल देखिएको छ । जसका कारण नेपाली सवारी साधन भारत प्रवेश गर्न पाएका छैनन् । सरकारी निर्णय कार्यान्वयन नहुँदा पेट्रोलियम पदार्थ बोक्ने नेपाली गाडी बाहेक सवारी साधन भारत चल्न पाएका छैनन् । भारतबाट भने मालवाहक ठूला सवारी साधनहरुलाई नेपाल प्रवेश गर्न दिइएको छ ।

नेपालीलाई पैदल भारत आउजाउ गर्न दिइए पनि बिरामी र अशक्तलाई आवत जावत गर्न ठुलो समस्या भईरहेको बताइएको छ । सीमावर्ती भारतीय बजारमा पनि साइकल, रिक्सा र मोटरसाइकल समेत चल्न दिएको छैन ।

Comment


Related News