अपडेट 
२०७८ आश्विन ११, सोमबार ०७:५४

जनकपुरधाम । जनता समाजवादी पार्टी( जसपा) नेपाल, मधेश प्रदेश समिति एक व्यक्ति एक पदको नीतिले अघि बढ्ने भएको छ ।

धनुषाको लक्ष्मीनियाँमा आइतबार बसेको जसपा प्रदेश समितिको बैठकमा यस्तो नीति लिएर अघि बढ्ने निर्णय गरेको हो । पूर्व राजपा नेपालबाट आएका नेताहरुलाई तत्काल प्रदेश समितिमा समायोजन गरी सामायोजित प्रदेश समितिको घोषणा गर्ने निर्णय गरेको छ । प्रदेश समितिमा आवश्यक्ता अनुसार थप/घट, फेर वदल, विस्तार र पुर्नगठन गरी पूर्व राजपा नेपालका सदस्यहरुलाई मधेश प्रदेश समितिमा समायोजन गरी सामायोजित प्रदेश समितिको घोषणा गर्ने÷गराउने कार्य यथाशिघ्र सम्पन्न गर्ने निर्णय गरेको छ । प्रदेश लगायत स्थानीय तह र भातृ संगठनहरु बीच समायोजन गर्ने जिम्मेवारी प्रदेश अध्यक्ष विजय कुमार यादवलाई दिएको छ । प्रदेश समितिमा आवश्यकतानुसार थप÷घट, फेर वदल, विस्तार र पुर्नगठन गरी पूर्व राजपा नेपालबाट आएका सदस्यहरुलाई मधेश प्रदेश समितिमा समायोजन गरी सामायोजित प्रदेश समितिको घोषणा गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको हो । प्रदेश समितिमा रहेका सदस्यहरुको विगतमा गरेका कार्यहरुको मुल्याकंन, कार्यक्षमता, योगदान र १ व्यक्ती १ पद को नीतिलाई समेत कार्यान्वयन गर्ने लाई आधार मान्दै समावेशी हुने गरी मधेश प्रदेश समितिलाई समायोजन गर्न, विस्तार गर्न र पुर्नगठन गर्ने लगायत आवश्यक कार्य तत्काल गरी सामायोजित प्रदेश समितिको घोषणा गर्ने निर्णय गरेको हो ।

प्रदेश समितिको सदस्यहरुको मुल्यांकन गरी सुझाव दिन शम्भु झाको संयोजकत्वमा उप समिति समेत गठन गरेको छ । बैठकमा प्रदेश सरकारको काम कारवाही बारे समेत छलफल भएको छ । प्रदेश सरकार र पार्टी बीच समन्वय गर्नका लागि प्रदेश समितिको समायोजन पछि कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले प्रदेश समितिका सवै पदाधिकारी तथा सदस्यहरुले आ–आफनो कार्यक्षेत्रमा सृजनात्मक कार्य गर्न सुझाव दिए । संगठन सुदृढीकरण तथा जनजागरण अभियानको बारेमा प्रशिक्षण तथा अभियान कार्यान्वयन गर्न अध्यक्ष यादवले प्रदेश समितिका सदस्यहरुलाई निर्देशन दिए ।

Comment

Related News

Latest News

Trending News