अपडेट 
२०७८ आश्विन ११, सोमबार ०८:०३

गरुडा । रौतहटको तीन वटा विद्यालयमा आइतबार साइकल वितरण गरिएको छ ।

रौतहट निर्वाचन क्षेत्र नं ३ का तीन वटा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गरिएको हो । पुर्वमन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी समिति सदस्य गोविन्द चौधरी र प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आइतवार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी एकै दिन तीन वटा सामुदायिक विद्यालयमा छात्रालाई साइकल वितरण गरेका हुन् । प्रदेश २ सरकारका लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत नेता चौधरी र राज्यमन्त्री यादवले जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. ३ माध्यमिक विद्यालय मेवा, सोही नगरपालिकाको वडा नं. ४ माध्यमिक विद्यालय टेङग्राहा एवं वडा नं ६ माध्यमिक विद्यालय पेटभर्वामा कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गरेका हुन् । कार्यक्रममा नेता चौधरी र राज्यमन्त्री यादवले संयुक्त रुपमा छात्राहरुलाई साइकल वितरण गरेका थिए । तीन ठाउँमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्यमन्त्री यादवले जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा साइकल वितरण भइसकेको र अब केही विद्यालयमा मात्र साइकल वितरण गर्न बाँकी रहेको बताए ।

साइकल वितरण हुन बाँकी रहेको विद्यालयमा पनि विस्तारै वितरण गर्दै जाने बताउँदै राज्यमन्त्री यादवले साइकल उपलब्ध हुन नसकेका विद्यालयका प्रधानाध्यापकलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुरमा सम्पर्क राख्न अनुरोध गरे । त्यस्तै कार्यक्रममा जसपाका कार्यकारीणी समिति सदस्य गोविन्द चौधरीले साइकल वितरणले पछिल्लो समय छोरीहरु पढाइप्रति आकर्षित हुन थालेको बताए । साइकल वितरणले छोरीहरु पढाइप्रति आकर्षित हुन थालेकोले प्रदेश सरकारले सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गर्न ल्याएको योजना प्रभावकारी हुँदै गएको बताए । कार्यक्रममा जसपाका केन्द्रिय सदस्य विन्देश्वर यादव, अर्का नेता योगेन्द्र यादव, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सर्वसाधारणको उपस्थिति रहको थियो ।

Comment

Related News