अपडेट 
२०७८ आश्विन ११, सोमबार १४:०८

४२ औं विश्व पर्यटन दिवसको उपलक्ष्यमा सोमवार जनकपुधाममा प्रभात फेरी कार्यक्रम गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका, जनकपुर उद्योग वाणिज्य संघ तथा विद्यालय/कलेजका विद्यार्थीहरु सोमवार विहान जनकपुर रेल्वे स्टेशनदेखि लिएर नगरमा प्रभात फेरी जुलुस निकालेका छन। कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रिता कुमारी मिश्र, जउवा संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ र विभिन्न संघ संस्थाका पदाधिकारीहरु, विद्यालयका प्रध्यापकहरु लगायतको उपस्थितिमा जनकपुरधामलाई पर्यटकीय क्षेत्रको विकासको रुपमा स्थापित गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै पर्यटन दिवसमा विविध कार्यक्रमको आयोजना गरेको छ ।

पर्यटन दिवसको अवसरमा मिथिलाका कला साँस्कृति तथा संस्कारलाई झल्काउने गरी मिथिला आर्ट, जनकपुरधामलाई पर्यटकीय दृष्टिले विकास गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्न लागेको बताइएको छ । जनकपुरधामको जनक चौकमा बेलुका मिथिला आर्ट प्रदर्शन तथा साँझ अन्तरक्रिया कार्यक्रम गरी मनाउने आयोजकले जनाएको छ । प्रभातफेरीसँगै जनक चौकमा झिझिया नृत्य पनि प्रदर्शन गरेको छ ।

Comment


Related News

Latest News

Trending News