अपडेट 
२०७८ आश्विन १२, मंगलवार ०७:३५

जलेश्वर । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले राजनीतिक, सामाजिक तथा आर्थिक् परिवर्तनको लागि तीन ‘स’ को मन्त्रलाई अंगिकार गर्नुपर्ने बताएका छन् ।

जसपा महोत्तरीले सोमबार आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण (सुज)अभियानलाई उद्घाटन गर्दै राष्ट्रिय अध्यक्ष यादवले तीन ‘स’ संगठन, सिद्धान्त र संघर्षलाई अंगिकार गरेर अघि बढनुपर्नेमा जोड दिए । राष्ट्रिय अध्यक्ष यादवले आजको विज्ञान र प्रबिधिको युगमा श्रोतसाधनको व्यापक सदुपयोग गर्नुपर्ने बताए । संगठन विस्तार कार्यलाई अघि बढाउन उनले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले पनि संगठन सुदृढिकरण अभियानलाई प्रभावकारी तरिकाले अघि बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News