
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ जनता माविका छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
‘बेटी पढाउ, बेटी बचाउ ’ अभियान अन्र्तगत छात्राहरुलाई साईकल वितरण गरिएको हो । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच कक्षा ९ मा अध्ययनरत ६८ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष विन्देश्वर यादव, उपाध्यक्ष इन्द्रकला देवी, जनता समाजवादी पार्टी नेपालका जिल्ला सचिव घनश्याम यादव लगायले संयुक्त रुपमा छात्राहरुलाई साईकल हस्तान्तरण गरेका थिए । कार्यक्रममा अध्यक्ष यादवले समाजमा अझै पनि छोरा र छोरी बिच विभेद रहेको दुखेसो पोख्दै भने –‘ साईकल ठुलो कुरो होइन, तर छात्राहरुको उत्साह बढाउन साईकल वितरण कार्यक्रमले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । ’ छोरा र छोरी बीच विभेद कायम रहेसम्म देश विकास तर्फ उन्मुख हुन नसक्ने भन्दै अध्यक्ष यादवले अभिभावकहरुलाई पनि छोरीलाई छोरा सरह नै व्यवहार गर्नु पर्ने आवश्यक्ता औंल्याए । गापा उपाध्यक्ष ईन्द्रकला देवी यादवले सात÷आठ कक्षामा नपुग्दै छात्राहरु बिद्यालयबाट पलायन हुने प्रवृतिलाई थोरै भएपनि साईकल वितरणले न्युनिकरण गरेको बताएकी छिन् । उनले छोरीलाई चुल्हो सम्म मात्रै सीमित राख्ने अभिभावहरुको प्रवृतिमा परिवर्तनको निम्ति समेत प्रदेश सरकारले संचालन गरेको अभियानले पक्कै पनि सकारात्मक संदेश दिएको नेतृ यादवले बताईन । छोरी प्रतिको रुढिवादी सोंचमा परिवर्तनको लागि समेत साईकल वितरण कार्यक्रमले सहयोग गर्ने विश्वास उपाध्यक्ष यादवले व्यक्त गरेकी थिईन् । कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका युवा नेता घनश्याम यादवले छात्राहरुको मनोबल बढाउने एक मात्र उद्देश्य रहेको बताए ।
‘ एउटा साईकलले कोही धनी र कोही गरिब हुने होइन,भौत्तिक रुपमा हेर्ने हो भने यसको धेरै ठूलो महत्व छैन तर प्रदेश सरकारबाटै संचालित यस कार्यक्रममले हजारौं छात्राहरुमा उत्साह भने थपेको छ । ’ साईकल त संकेतको रुपमा मात्र रहेको उल्लेख गर्दै नेता यादवले भने –‘ मानवीय सूचकाँकमा पछि रहेको छ, त्यसलाई मध्येनजर गर्दै प्रदेश सरकारले शिक्षाको क्षेत्रमा आमूल परिवर्तन गर्ने उद्देश्यले दीर्घकालीन योजना अन्र्तगत साईकल वितरण कार्यक्रम ल्याएको हो । ’ कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक मनोज कुमार कर्णले साईकल वितरण कार्यक्रमकै कारण छात्राहरु ड्रपआउट हुनेको संख्यामा कमि आएको बताए । धारासायी बनेको प्लस टु लाई जोगाउन गापा अध्यक्ष यादवले गरेको सहयोगको सराहना गर्दै स्थानीय निकाय र विद्यालय बिचको सहकार्यले बिद्यालयको विकासको कार्यमा तिब्रता आएको प्र.अ. कर्णको भनाई थियो । कार्यक्रममा लक्ष्मीनियाँ गापाका शिक्षा संयोजक जय कुमार यादवले शिक्षाकै कमिको कारण अहिले पनि महिलाहरुलाई दोश्रो दर्जाको नागरिक सरह व्यवहार हुने गरेको प्रति दुःख व्यक्त गरे । साईकल वितरण कार्यक्रमले महिला शिक्षाको अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्दै संयोजक यादवले भने –‘ लक्ष्मीनियाँ गापाको करिब सबै बिद्यालयमा साईकल वितरण कार्यक्रम भएको छ, यसले पछिल्लो तथ्याँक अनुसार छात्राहरुले बिचमै बिद्यालय छाडेर जाने प्रवृतिमा उल्लेखनीय सुधार भएको छ ।
’ कार्यक्रममा वडा नं. ७ का वडासदस्यहरु शिवशंकर झा, सत्यनारायण यादव, चन्द्रदेवी मण्डल, जनता समाजवादी पार्टी नेपालका वडा नं. ७ का अध्यक्ष सत्यनारायण यादव, युवा संजय कुमार झा लगायत अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । शिक्षक दिनेश यादवले संचालन गरेको कार्यक्रममा शिक्षक मनिषा नायकले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।