अपडेट 
२०७८ आश्विन १२, मंगलवार १६:४२

बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १२ जनाले ज्यान गुमाउँदा १३१८ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६३ हजार ७३४ जना निको भएका छन् ।

यस्तै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार ४२२ जना रहेका छन् ।

Comment


Related News