अपडेट 
२०७८ आश्विन १२, मंगलवार १९:००

मधेशी महिलाहरुले मनाउने कठोर पर्व मध्ये एक जितीया पर्वको दोस्रो दिन स्थानिय गंगा सागरमा स्नान गरि व्रतिहरुले कथा सुनेर दोस्रो दिनको जितीया मनाएकि छिन ।

सोमवार देखि नहाय खायबाट सुरु भएको जितीया पर्वमा गंगा सागरमा विहानै स्नान गरि माछ मरुवा खाएर जितीया पर्व सुरु गरेको थियो । पर्वको दोस्रो दिन जितीया व्रतको कथा सुनेर जितीया मनाएकि छिन । जितीयाको तेस्रो दिन बुधवार अझै कठोर हुने र साझ पाचवजेतिर सम्पन्न हुने वताइएको छ । बुधवार प्रदेश सरकारले समेत जितीया पर्वको उपलक्ष्यमा विदा दिएको छ भने जनकपुरधाम उपमहानगरपालिकाले आफना महिला कर्मचारीहरुलाई दुइदिन विदा दिएको छ । व्रत अवधिमा वर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन्। द्वापरयुगमा एक विधवा ब्रह्माणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको किम्बदन्ती रहेको छ । राजा जितवाहन र जितिया पर्वको चर्चा पुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै भएको मान्यता छ ।

Comment

Related News