अपडेट 
२०७८ आश्विन १२, मंगलवार १९:३७

अनिल तिवारी
वीरगन्ज, असोज १२
आफनै मन्त्री परिषदको निर्णय प्रति अर्थमन्त्री उदासिन भएपछि सिमानाकामा अन्यौलता बढेको छ ।देउवा सरकारले औपचारिक रुपमा सबै सीमानाका खुल्ला गर्ने निर्णय गरेको हप्ता दिन बितिसक्दा पनि सिमानाका खुलेको छैन । निजी तथा भाडाका भारतीय कार जिपलगायत सवारी नेपाल प्रवेश गर्न अर्थमन्त्रालय उदासिन भएको कारण नेपाल भारत सिमा नाकामा अन्यौलता बढदै गएको छ ।मन्त्री परिषदको निर्णय पछि सिमानाका खोलने गृहमन्त्रालयले परिपत्र गरेपनि भन्सारकार्यालय बाधक भएको देखिएको छ । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा सीमा बन्द थियो ।

असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमानाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरे अनुसार गृह मन्त्रालयले पत्र जिल्लामा पठाए पछि होटल तथा पर्यटन व्यवसायीहरु निर्णयलाई स्वागत गर्दै भारतीय पर्यटकहरुलाई स्वागत गर्न अग्रसर भएको थिए ।विगतको सरकारले कारोनाको कारण देखाएर सवारि साधनहरुमा लगाएको नाकाबन्दीलाई बर्तमान सरकारले सच्याउदै सिमानाका खोलन गरेको निर्णयको समाजिक संजालहरुमा खुबै स्थागत गरिपनि एकसात्ता वितिसक्दा पनि अर्थमन्त्रालयको उदासिन देखिएको छ ।नाकामा आवागमन पुनः साबिक सरह सुचारु गर्न सहजिकरणको लागि जिल्ला प्रशासन कार्यालय तयार रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि भन्सार बिभागले भारतीय सवारीलाई अस्थायि प्रवेशको लागि भन्सार प्रक्रिया सुरु गरेपछि भारतीय सवारी साधन आगमन सुरु हुने जानकारी दिए । वीरगन्ज भन्सार कार्यालयले निर्देशन पर्खेको उनले जनाए ।

अर्र्थमाफियाहरुको चहखेलको कारण भारतीय सवारी प्रवेशमा मान्त्रालय उदासिन भएको केहि व्यापारिहरुको आरोप समेत रहेको छ ।दुइ र चारपाग्रे सवारिहरु वढि विकाउन एउटा समुहनै सक्रिय भएकोले अर्थमन्त्रालय उदासिन भएको उनले आरोप समेत लगाए ।
एक सात्ताबितिसक्दा पनि नाका पुर्णरुपमा सुचारु नभएको पछि नेपाली कांग्रेस पर्साका सभापति अजय दुवेद्धीको नेतृत्वमा भन्सार नाकाको सोमबार अनुगमन गरेको थियो । मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा सभापति द्विवेदीसगै वीरगञ्ज भन्सार कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, जनपद प्रहरी सहित सरोकारवालाको सहभागितामा सिमा नाकाको स्थलगत अनुगमन गरिएको नेपाली कांग्रेस पर्साका उपसभापति प्रकाश उपाध्यायले बताए । अनुगमनको क्रममा मन्त्रिपरिषद्ले निर्णय गरेपनि स्पष्ट पत्राचारको अभावमा समस्या सृजना भएको भन्सारबाट प्रतिक्रिया पाएपछि समस्याको समाधान गर्न नेपाली काङ्ग्रेस पर्साले पहल गर्ने सभापति द्विवेदीले भन्सार कार्यालयका प्रमुखसंग प्रतिबद्धता जनाउदै रितै फर्केका थिए ।

सरकारमा सहभागी दलहरुको आन्तरिक कलह राजनैतिक जोडघटाउको रुपमा पनि अर्थमन्त्रालयको उदासिनलाई लिइएको छ ।मन्त्रीपरिषदको निर्णय परि नेपाल भारत दुबै तर्फ उत्पन्न भएको खुलीयालीलाई अर्थमन्त्री मर्थर बनाउने अभियानमा लागेको कारण अर्थमन्त्रालय उदासिन भएको नेपाली कांग्रेस पर्साको एको नेताको आरोप छ ।

‘सरकारको निर्णयपछि नाका खुल्ला भइसकेकै हो, अस्थायि रुपमा प्रवेश अनुमति दिइने भारतीय सवारी साधनका लागि मन्त्रालयबाट कुनै निर्देशन आएको छैन,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रसाशक विश्वप्रसाद अर्यालले भने, ‘अर्थ मन्त्रालयबाट भन्सार बिभाग हुदै यस्तो आदेश हामी कहा आउने हो, त्यो आएपछि मात्र सवारीहरुको अस्थायि प्रवेशको लागि प्रक्रिया खुल्छ ।’ देशकै सबभन्दा बढी आवागमन हुने ठु्लो नाका वीरगन्जमा भारतीय सवारीहरुको प्रवेश नहुँदा ब्यवसाय ब्यपार चौपट भएको भन्दै होटेल तथा पर्यटन ब्यवसायि संघ, पर्साले आवाज उठाउदै आएको थियो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ९ गतेको नेपाल सरकारको निर्णय अनुसार त्यसको २ दिनपछि चैत्र ११ देखि सरकारले लकडाउनसंगै सिमामा आवागमनमा रोक लगाएको थियो । बिभिन्न देशहरुमा सरकारले सिमाबाट आवागमन तथा अध्यागमन बन्द गरिरहेको तत्कालीन अवस्थामा नेपाल र भारत दुवै तर्फका सरकारले पनि नाका बन्द गरे । अवस्था समान्यतर्फ उन्मुख रहेको बेला गत २०७७ कात्तिक ५ गतेदेखि भारत सरकारको केन्द्रीय गृह मन्त्रालयले परिपत्र गर्दै सबै सीमानाका र अध्ययागमन कार्यालयहरू खोली सकेको छ । ‘नेपाली सवारी साधनहरु भरततर्फ निर्वाध रुपमा प्रवेश भए पनि कारोनाको कारण देखाएर नेपाल तर्फ भारतीय सवारी साधनहरुमा रोक लगाइएको छ’ ।सवारि साधनमा एकतर्पिmनाका बन्दी नेपाल भारत बिच भएको यातायात आवागमन सन्धीको बिपरित पनि भएको स्थानियहरुको बुझाइ छ ।

भारतको तर्फबाट सिमानाकामा आवागमन गत वर्षको कातिक पहिलो सातादेखि खुल्ला नै छ । नेपाल सरकारले पनि गत मंगलवार सिमानाका खोल्ने निर्णय गरिसकेपछि यताबाट पनि औपचारिक रुपमा सिमानाका ख्लिसकेको हो । केवल भन्सारको कारणले अब समस्या भएको छ । डेढ वर्ष अगाडि आवागमन रोकिएको भारतीय गाडीको आवागमन दुई देशको सरकारले निर्णय गरेको एक सता उपरान्तसम्म पनि खुल्न सकेको छैन ।

Comment


Related News