अपडेट 
२०७८ आश्विन १३, बुधबार ०७:२७

जनकपुरधाम । शैक्षिक क्षेत्रमा सुधारको लागि तीनै तहको सरकार बीच समन्वय हुनुपर्नेमा सरोकारबालाहरुले जोड दिएका छन् ।

धनुषाको सबैला नगरपालिकामा आयोजित शैक्षिक क्षेत्रमा स्थानीय तहको शैक्षिक तथा अन्य सान्दर्भिक मुद्दाहरुमा स्थानीय सरकारको संलग्नताबारे अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए । झण्डै एक दर्जन संघसंस्थाको सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई नेपाल) धनुषाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबैला नगरपालिकाका मेयर विजयशंकर साहले कुनै एक क्षेत्रले चाहँदै मा शैक्षिक सुधार नहुने तर्क गरे । विद्यालयहरुलाई स्थानीय तह मातहत राखिएपनि शिक्षकको व्यवस्थापन भने संघीय सरकारले गर्दै आएकोले समन्वयमा समस्या भएको मेयर साहले आंैल्याए । पालिकास्तरमा पनि शिक्षकको सरुवा गर्न नसक्दा विद्यालयको पठनपाठन समेत प्रभावित भएको उनले स्वीकारे । लामो समयदेखि एउटै विद्यालयमा कार्यरत्त शिक्षकहरुलाई सरुवा गर्न सकिएको छैन्, उनले भने–‘यसको जिम्मा संघीय सरकार मातहतको कार्यालयलाई छ ।’ राम्रो काम गर्ने शिक्षकलाई पुरस्कृत र काम नगर्नेलाई कारबाही गर्नुपर्ने उनको धारणा थियो । नथुनी साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष लालबाबु हाथिले तीन तहको सरकार गठन भएपनि शैक्षिक क्षेत्रमा सुधार नदेखिएकोप्रति चिन्ता व्यक्त गरे ।

तीन तहको सरकार गठन भएपछि शिक्षा क्षेत्र अस्तव्यस्त बनेको दावी गर्दै कुनै एक तहको सरकारलाई जिम्मेवारी नदिदा यस्तो अवस्था भएको उनले दावी गरे । एनसीई नेपाल, धनुषाका अध्यक्ष कमलेश मण्डल लगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News