अपडेट 
२०७८ आश्विन १३, बुधबार ०७:३५

नेपालको विकासमा भारतको अतुलनीय सहयोग रहेको धारणा एक कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका छन् ।

भारतीय महावाणिज्य दुतावासले आयोजना गरेको कार्यक्रममा सहभागी बुद्धिजिविहरुले यस्तो धारण व्यक्त गरेका हुन् । भारत स्वतन्त्र भएको ७५औ बर्षको उपलक्ष्यमा आयोजित ‘आजादीको अमृत महोत्सव’ कार्यक्रमको अवसरमा भारतीय महावाणिज्य दुतावासले आयोजना गरेको ‘भारत र नेपाल बीच विकास साझेदारी र यसको सीमा’बिषयक कार्यक्रममा सहभागी वक्ताहरुले नेपालको विकासमा भारतको सहयोग निरन्तर रहदै आएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । नेपालको विकासमा भारतको सहयोग सबै भन्दा बढी रहेको र आउने समयमा भौतिक,बौद्धिक लगायत चौतर्फि विकासको आवश्यकता रहेको धारणा कार्यक्रमका वक्ताहरुको रहेको थियो । कार्यक्रमका अध्यक्षता गरेका भारतीय महावाणिज्यदुत नितेश कुमारले वक्ताहरुले उठाएका बिषयहरुका बारेमा स्पष्ट पार्दै भारतीय दुतावास र महावाणिज्य दुतावासको कार्यक्षेत्र नेपाल मात्र भएकोले सीमित परिधिमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको बताए । उनले कुटनीतिक वाध्यताको कारण आफुहरुले चाहेर पनि केहि विषयहरुमा सहयोग गर्न नसकेको स्पष्ट पारे । भारतीय सिमावर्ती क्षेत्रका विकास निर्माणमा कुटनीतिक नियोगको भुमिका खासै नभए पनि आफुहरुले समय समयमा सम्वन्धित निकायमा नेपालको आवश्यकता बारे आग्रह गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल–भारत सहयोग मंचका केन्द्रिय अध्यक्ष अशोक बैद्यले भारतले नेपालमा गर्दै आएको विकाससंगै भारतीय सिमावर्ती क्षेत्रमा नेपालीहरुको लागी अतिआवश्यक सडक,रक्सौलको एयरपोर्ट,रक्सौलबाट सुविधा सम्पन्न राजधानी एक्सप्रेस टे«न लगायतका विषयलाइ पनि प्राथमिकतामा राख्नु पर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । ठाकुर राम बहुमुखि क्याम्पसका पुर्व प्रमुख ललन दिवेद्धी,लेक्चरर सचितानन्द सिंह, प्रोफेसर इन्दुशेखर मिश्र लगायतका बुद्धिजिविहरुले नेपाल भारत सम्बन्ध धार्मिक,वैवाहिक, समाजिक र सांस्कृतिक समानताको आधारमा प्रगाढ भएकोले समय समयमा उत्पन्न हुने सानातिना समस्याहरुबाट प्रभावित हुन नसक्ने धारणा व्यक्त गरेका थिए । भारतले गर्दै आएको सहयोगको प्रचार प्रसारको कमि ,विकास योजनाहरुको मोनेटरिंग लगायतका विषयहरुमा भारत सरकार र भारतीय दुतावासको ध्यानाकर्षण गराए । कार्यक्रमका सहभागीहरुले भारतविरोधी तत्वहरुलाई निर्मुल पार्न भौतिक विकाससंगै नेपाली युवाहरुको बौद्धिक विकास लगायतको विषयहरु समेत महत्वपुर्ण बन्दै गएको धारणा व्यक्त गरेका थिए ।

महावाणिज्य दुतावासका सुचना एवम् सांस्कृतिक कन्सुलर शषिभूषण कुमारले संचालन गरेको कार्यक्रममा राजनीतिक कन्सुलर शैलेन्द्र कुमारले धन्यवाद ज्ञापन गर्दै नेपालको विकासमा भारतको सहयोग निरन्तर रहने धारणा व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News