अपडेट 
२०७८ आश्विन १३, बुधबार ०७:३९

वीरगञ्ज । अख्तियार दुरुपयोग आयोग आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारी गरेको छ । पर्साको कालिकामाई गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको समाचारहरु बिभिन्न सञ्चार माध्यममा प्रकाशन भएको तथा गाउँपालिका बिरुद्ध लिखित उजुरी परेपछि अख्तियारको टोलीले गाउँपालिका कार्यालयमा छापामारी गरेको हो । टोलीले शंकास्पद योजना तथा कार्यक्रमहरुको कागजात नियन्त्रणमा लिनुको साथै गाउँपालिकाको बिभिन्न वडामा संचालन भएको योजनाहरुको स्थलगत निरीक्षण समेत गरेको छ । टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुको साथै तीन दिनको अवधीमा कार्यालयबाट संचालन भएको योजनाहरुको फाइलहरुको समेतको अध्यन गरेका छन् । सो क्रममा अख्तियारको टोलीले गाउँपालिकामा कार्यालयको कर्मचारी तथा जनप्रतिनिधिहरुको मिलोमतोमा बिभिन्न योजनाहरुमा चरम भ्रष्टाचार भएको प्रमाणहरु फेला पारेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले कालिकामाई गाउँपालिकाले संचालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान कार्याक्रम, धारा जडान कार्यक्रम, आइसोलेशन, नदी सफाई तथा सडक ढलान आदीको बिषयमा धेरै उजुरी परेको तथा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाई दिएको एवम् ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि विज्ञ सहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालयमै पुगेर छापामारी गरेको हुन् ।

Comment

Related News