अपडेट 
२०७८ आश्विन १३, बुधबार ०७:४३

जनकपुरधाम । प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)मा गुटबन्दी चरममा पुगेको छ ।प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, अर्थमन्त्री शैलेन्द्र साह लगायतले सरकार र पार्टीमा एकसाथ गुटबन्दी थालेका छन् ।

प्रदेश २ का अध्यक्ष विजय कुमार यादवलाई अपदस्थ गर्न मुख्यमन्त्री गद्दीले अर्थमन्त्री साहलाई अगाडी सारेर भोजको नाउँमा गुटको भेला आयोजना गरेकोमा केन्द्रिय कमिटी बैठकमा त्यसको चर्को आलोचना भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको प्रदेश सरकारका मुख्यमन्त्री राउतले साह मार्फत भेला आयोजनागरि प्रदेश अध्यक्ष यादवलाई हटाउने वातावरण बनाएको उल्लेखगर्दै केन्द्रिय कमिटी बैठकमा बिरोध भएको छ । धनुषा जिल्लाको ढल्केवरको पोखरीया घाटमा प्रदेश कमिटीका सदस्य लगायत केहि केन्द्रिय कमिटी सदस्यहरुको उपस्थिति रहेको सो भेलामा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव निजी सचिवालय समेतको सहभागिता थियो । मुख्यमन्त्री गद्दी सो भेलामा सशरिर उपस्थित नरहेपनि उनका निकट मानिने जसपाका नेता, कार्यकर्ताहरुको सकृय सहभागिता रहेको थियो ।बैठकमा प्रदेश अध्यक्ष यादवलाई विस्थापितगरि अर्थमन्त्री साहलाई ल्याउने सहमति भएको समेत केन्द्रिय कमिटी बैठकमा सहभागि सदस्यहरुले उठाएका थिए । राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेताहरु महेन्द्र यादव, राजकिसोर यादव लगायतको सहभागिता रहेको सो बैठकमा सहभागिहरुले गुटबन्दी गर्नेमाथि कार्वाहीको माग गरे । पूर्व राजपा लगायत अन्य दलहरुबाट जसपामा समाहित भएका नेता, कार्यकर्ताहरुलाई क्षमता अनुसारको पदमा राखिने सहमति भएको छ ।बैठकका एकजना सहभागिका अनुसार असोज १९ गते प्रदेश कमिटी समायोजनको घोषणा राष्ट्रिय अध्यक्ष यादवले गर्ने छन् ।

स्रोतहरुका अनुसार पूर्व राजपाले प्रदेश कमिटीमा पठाउने नेताहरुको सुची तयार गर्न नसकेकाले घोषणामा ढिलाई भएको हो ।मंगलवारको केन्द्रिय कमिटी बैठकमा समायोजनको घोषणा हुने कार्यक्रम थियो । प्रदेश कमिटीको बैठक आइतवार बस्नु अगावै मुख्यमन्त्री गद्दी र अर्थमन्त्री साह लगायतका नेताहरुले गुट खडागरि समायोजनमा भाँडभैलो मच्चाउने योजना बनाएका थिए ।तर राष्ट्रिय अध्यक्ष यादव स्वयं बैठकमा प्रमुख अतिथि रहेकाले गुटको भेलामा सहभागिहरु बैठकमा मुख खोल्न चाहेनन् । हुनत पोखरीया भेलामा राष्ट्रिय अध्यक्ष यादव लोकतान्त्रिक पद्धतीलाई अनुशरण नगरेको आरोप लगाइएको थियो ।पर्सा जिल्लाका अध्यक्ष त्यसमा अगाडी थिए । सहभागिहरुका अनुसार बैठकको आयोजनाका लागि आर्थिक भार मुख्यमन्त्री गद्दीले वहन गरेका थिए ।बैठकमा मासु र मदिरा समेतको प्रबन्ध गरिएको थियो ।

Comment


Related News