अपडेट 
२०७८ आश्विन १३, बुधबार ११:३७

आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो । सुनको मूल्य हिजो मंगलबार तोलामा ३०० ले घटेको थियो । जसअनुसार, आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम थियो । यससँगै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले बताएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News